अमेरिकाले फेरि गर्‍यो ८० नेपालीलाई डिपोर्ट

हाम्रो सन्देश संवाददाता


माघ ७ काठमाडौँ। अमेरिकाले मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपाली नागरिकलाई काठमाडौं ल्याएर डिपोर्ट गरेको छ।
डिपोर्ट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन्, जो कागजात नभेटिएको वा गैरकानुनी रुपमा बसेका थिए। मानव बेचबिखन अनुसन्धान ब्युरोले उनीहरुसँग सोधपुछ गरी परिवारका जिम्मा लगाएको छ र उजुरी दिन अनुरोध गरेको छ।
७ माघ, काठमाडौं । अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएको हो ।

अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु छन् । डिपोर्ट भएकाहरुलाई मानव बेचबिखन अनुसन्धान ब्युरो पठाइएको थियो । ब्युरोका अधिकारीहरुले उनीहरुसँग सोधपुछ गरेर परिवारका जिम्मा लगाएका छन् । कोही कसैले गैरकानुनी रुपमा अमेरिका पठाएको भए उजुरी दिन पनि ब्यूरोले उनीहरुसँग अनुरोध गरेको छ । यसअघि पनि अमेरिकाले नेपालीहरूलाई चरणरचरणमा डिपोर्ट गर्दै आइरहेको छ ।