६ असोज, काठमाडौं ।
केही दिन यता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह प्रती आक्रामक शैलीमा प्रस्तुत भएका मेडिकल व्यावसायिक समेत रहेका अभियान्ता दुर्गा प्रसाइले बालेन लक्षित अर्को कडा टिप्पणी गरेका छन् सोमबार आफ्नो समाजिक सञ्जाल फेसवुकमा एक स्टार्टस सार्वजनिक गरेका प्रसाईंले बालेन लगायतका दर्जनौं लोकप्रिय पात्रको नाम उल्लेख गर्दै देशले आशा गरेका पात्रहरु नै अन्ततः बिदेशीबाट परिचालित भएर राष्ट्रघाती गद्धार पात्रका रुपमा परिचीत भएको दाबी गरेका छन् ।
देश पश्चिमाको इशारामा डुबिरहेको बताउदै प्रसाईंले भित्रि रुपमा अब नेपाललाई सुडान र युक्रेन जस्तै बनाउने तयारी भइसकेको दाबी गरेका छन् । प्रसाईंले सबैलाई सचेत हुन आग्रह गर्दै अब पनि नबुझे नजागे कहिले जाग्ने नेपाली जनता देश र जनताको पिडाले मलाई मात्र पोल्छ कि तपाईंहरुलाइ पनि ? भन्दै प्रश्न पनि गरेका छन् ।
नेपाललाई बिदेशीहरुको राजनीति खेलमैदान बबाएर न्याय भब्दा पहुँच,विचार भब्दा अवसरवादी स्वार्थ बलियो हुँदै गएको प्रसाईंले स्टार्टसमा उल्लेख गरेका छन् । प्रसाईंले आफुलाई माफिया भन्नेलेहरुले राष्ट्रबादि र राष्ट्रघाती छुट्याउने यो महत्त्वपूर्ण समय रहेको पनि उनको भनाई छ ।
प्रसाईले स्टार्टसमा उल्लेख गरेका छन् ” यस मैदानमा प्रवेश गरेका र नाम चलेका पत्याउनै नसक्ने पात्रहरू—कनकमणि दिक्षित , कल्याण श्रेष्ट्ट देखि बालेन शाह अनिल कुमार सिन्हा हुदै ,कुलमान घिसिङ,ओम अर्याल,नारायण वाग्ले,खगेन्द्र संग्रौला,अमित ढकाल,युग पाठक, स्वर्णिम वाग्ले,गगन कुमार थापा ,सुमना श्रेष्ठ,तोसिमा कार्की,प्रितम सुवेदी,डा. जीवन क्षेत्री,डा. गोविन्द केसी,डा. भगवान कोइराला डा. सन्दुक रोहित,केदारभक्त माथेमा, डा. महेशमान मास्के, गिरिराजमणी पोख्ररेल लगायत यो देशका एक हजार भन्दा बढि पढे लेखेका शिक्षित व्यक्तिहरु भनेर नेपाली जनताले आशाको दीप ठाने, तर त्यही व्यक्तिहरु आज राष्ट्रघाती र गद्दार पात्रका रुपमा रातारात परिचत बन्न पुगे”
यतिमात्र होईन प्रसाईंले पछिल्लो विकसित राजनीति घटनाक्रम प्रती लक्षित गर्दै विभिन्न पेशा व्यावसायमा आबद्ध व्यक्तिहरु समेत आफ्नो पेशा व्यावसाय छोडेर मन्त्री बन्न तछाडमछाड गरिरहेको र केही बनिसकेको भन्दै आश्रय पनि व्यक्त गरेका छन् । उनले जनताले लोकप्रिय पात्रका रुपमा चिनेका र केही आश गरेका व्यक्तिगरु नै बिदेशी शक्तिको चलेखेलमा देशलाई खोक्रो बनाउनेहरुकै कित्तामा उभिएको आरोप समेत लगाएका छन् । उनले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारका उर्जा मन्त्री कुलमान घिसिङ, ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल लगायतका नवनियुक्त मन्त्रीलाई लक्षित गर्दै सबै आआफ्नो दायित्वबाट पन्छिएर राजनीति स्वार्थ पुर्तीमा लागेको र जेनजी आन्दोलनको मौकाको फाईदा उठाएको टिप्पणी समेत गरेका छन् । प्रसाईंले भ्रष्टाचार र कु- व्यवस्थाको अन्त्य गर्छौ भनि सुधारमुखि नारा लगाउदै आएका नेताहरू र “नयाँ पुस्ता” भन्दै हिँडेका आकांक्षीहरू पनि पुराना खेलाडीको शैलीमै रुमलिन पुगेको प्रसाईंको धारणा छ । उनले विगतमा आआफ्नो पेशा व्यावसायमा रहेका जनताको मन जित्ने गरि काम गरेर लोकप्रियता हाँसिल गरेका कुलमान लगायतका वर्तमान सरकारका मन्त्रीहरु सवै देश सक्ने खेलमा सक्रिय भएको जिकिर समेत गरेका छन् । उनले अन्तमा एक पटक गम्भिर भएर सोच्न सबै देश भक्त नेपाली नागरिकलाई अपिल समेत गरेका छन् ।
यस्तो छ प्रसाईंले लेखेको स्टार्टस,यो पनि पढ्नुहोस्