२५ भदौ, काठमाडौँ ।
काठमाडौं जिल्ला अदालतले ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरण अभियोगमा पक्राउ परेका १८ जनालाई तारेखमा छोड्न आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग अदालतले सबै भन्दा धेरै २ करोड ४६ लाख धरौटी माग गरेको छ । अरु आरोपितहरुसँग एक लाख १० हजारदेखि १५ लाख रुपैयाँसम्म धरौटी मागेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को अनुसन्धान प्रतिवेदन अनुसार सरकारी वकिलको कार्यालयले मुलुकी ऐन, २०२० किर्ते कागजको १ र २ को कसुरमा उनीहरुविरुद्ध मुद्दा चलाएको थियो । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो ।