दीपकराज गिरी भन्छन्– बालेन, हर्क र रविबीच तुलना नगरौँ

हाम्रो सन्देश संवाददाता

१७ असार, काठमाडौं ।

समसामयिकदेखि राजनीतिक विषयमा आफ्ना खरो विचार राखेर चर्चा कमाउदै आएका अभिनेता दिपकराज गिरीले सामाजिक सञ्जालमार्फत बालेन र हर्कसंग रविलाई तुलना गर्न नमिल्ने बताएका छन् ।

उनले पछिल्लो समयमा पल शाह प्रकरण, बालेन र रबि, छक्का पन्जा र समिक्षा, चुनाबी विवाद र भारतिय फिल्म आदिपुरुषको विवाद जस्ता विषयहरुमा पनि सामाजिक सञ्जालमार्फत व्यङ्ग्य तथा टिकाटिप्पणीहरू व्यक्त गरिरहेका छन् ।

सोही क्रममा उनले आज आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क हर्क साम्पाङसंग राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको तुलना गर्न नहुने बताएका हुन् ।

उनले लेखेका छन् – ‘बालेन र हर्कको कार्यकारी पद हो ! जबकि रबिको होइन, उनि अहिले काम गर्ने पदमा नै छैनन ! त्यसैले यिनिहरू बिच तुलना गर्नु भन्दा उनिहरूले गरेको काम अनुसार ,समर्थन र सचेत गराउनु राम्रो होला । उनिहरू बिच नै प्रतिष्पर्धी भावना उत्पन्न गराउनु भनेको पुरानै प्रवृतीलाई जिताउनु हो ।’

उनले लेखेको जस्ताको त्यस्तै,