६ असार, काठमाडौं ।
काठमाडौं महानगरभित्रका पाँच सय चारमध्ये चार सय ६५ निजी विद्यालयले छात्रवृत्ति विवरण बुझाएका छन् ।
महानगरका अनुसार यसअघि विद्यालयहरूले विवरण नबुझाउँदा लक्षितवर्गका विद्यार्थीले कानुनले तोकेको छात्रवृत्तिसम्बन्धी सुविधा प्राप्त गरे–नगरेको भन्न कठिन थियो । विवरणअनुसार १३ हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन् ।
महानगरपालिकाका मेयर बालेन्द्र साहका अनुसार प्राप्त विवरणमाथि निरीक्षण गरी थप जानकारी सार्वजनिक गरिनेछ । मेयर साहले भनेका छन्– हालसम्म विवरण नपठाएका विद्यालयलाई एक लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एकपटक विवरण बुझाउने मौका दिइनेछ ।