४ असार, काठमाडौं ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा उहाँहरूबीच आज भेटवार्ता भएको एमाले कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उहाँहरूबीच द्विपक्षीय हित र आपसी सम्बन्धका बारेमा कुराकानी भएको छ ।
भेटमा एमालेका उपमहासचिव विष्णु रिमाल र चिनियाँ उच्च अधिकारीको सहभागिता रहेको थियो ।