काठमाडौंको सुकुम्बासी बस्ती हटाइने

हाम्रो सन्देश संवाददाता

६ जेठ, काठमाडौं ।

सरकारले काठमाडौं उपत्यकासहितका क्षेत्रमा नदी किनारमा बसोवास गर्ने सुकुम्बासीहरूलाई स्थानान्तरण गर्ने भएको छ ।

शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नदी किनारमा बसोवास गर्ने सुकुम्बासीहरूलाई स्थानान्तरण गर्ने बताएका हुन् ।

‘काठमाडौं उपत्यकालगायतका नदी किनारमा रहेका वास्तविक विपन्न र भूमिहीनलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी नदी किनारको भूमि खाली गराइने छ,’ राष्ट्रपति पौडेलले भने ।

काठमाडौं उपत्यकाका मेयर बालेन साहले सुकुम्बासी बस्ती हटाउन सहयोग नगरेको भन्दै संघीय सरकारप्रति आक्रोश व्यक्त गर्दै आएका छन् ।