ढल्किदाे उमेरमा पनि करिश्माको लोभलाग्दो सुन्दरता !

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

अभिनेत्रीको कुरा गर्दा नायिका करिश्मा मानन्धरलाई नचिन्ने सायदै काेहि भेटिएला । १४ वर्षको उमेरदेखि फिल्म खेल्न सुरु गरेकी करिश्माले ४६ बसन्त पार गरिसकिन् तर उनको सुन्दरतामा भने झनै निखार आउँदै गएको देखिन्छ ।

करिश्माले दैनिक सामाजिक सञ्जालमा राख्ने तस्विरहरुले पनि ढल्किँदै गएको उमेरमा उनको सुन्दरता बढेको सहजै अनुमान लगाउन सकिन्छ ।

कक्षा ८ सम्म मात्र अध्ययन गरेकी करिश्माले ४ वर्ष अगाडी एसएलसी परिक्षा उत्तिर्ण गरेकी हुन् । २०७५ सालको एसईई परिक्षार्थी भएर करिश्माले बी प्लस ल्याएर उत्तीर्ण गरेकी थिइन् ।

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्तिमा पार्टीमा लागेर राजनीतिमा प्रवेश गरेकी करिश्माको राजनैतिक जीवन भने सफल हुन सकेन । त्यसैले उनले २०७६ सालको जेठ महिनामा पार्टी छाडेको घोषणा गरिन् । भने अहिले आएर उनी नेकपा एमाले प्रवेश गरेकी छन ।

धेरै नेपाली नायिकाहरु यस क्षेत्रबाट पलाइन भैरहेतापनि करिश्मा पनि यसमा टिकेर बसेकी छिन् । करिश्मा ‘सन्तान’बाट करिअर सुरु गरेकी हुन् । करिश्माले आफ्नो स्वास्थ्य र सौन्दर्यलाई निकै ख्याल राख्छिन् । दैनिक व्यायाम देखि सन्तुलित भोजनको कारण वास्तविक उमेर भन्दा जवान देखिन्छिन् ।

विवाहपछि श्रीमानसहित पहिलोपटक मिडियामा
कलाकार आशा खड्का ‘सुकुमाया’ वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले छायाँकार तथा कलाकार सागर गौतमसँग जीवनको नयाँ अध्याय सुरु गरेकी हुन् ।

उनले बुधबार आफ्नो सामाजिक सञ्जाल मार्फत आफ्ना श्रीमानसँगको फोटो सार्वजनिक गर्दै वैवाहिक जीवनमा बाँधिएको आधिकारिक जानकारी दिएकी हुन् ।

श्रीमानको तस्विरसहित उनले आफ्नो फेस बुकमा जीवनको नयाँ अध्याय सुरु गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताएकी छन् ।त्यस्तै विवाह पछि उनी पहिलो पटक श्रीमानसहित मिडियामा समेत आएकी छिन । उक्त भिडियो हामिले तल समावेस गरेका छौँ ।

उनले लेखेकी छन, ‘आजको दिनसम्म मलाई एउटा कलाकारको रुपमा मात्रै नभएर आफ्नै परिवारको सदस्यलाई झैं माया गर्नुहुने मेरा आदरणीय दर्शक महानुभावहरुलाई हजुरहरुले

नै चाहनुभएको मान्छेसँग मैले जीवनको नयाँ अध्याय सुरु गरेको कुरा बताउन पाउँदा म अत्यन्तै खुशी छु । मलाई र मेरो श्रीमानलाई धेरै आशीर्वाद दिनुहोला ।’

विगत केही वर्षयता आशा र सागरले सँगै सिरियलमा काम गर्दै आएका छन् । आशाकै निर्देशन र निर्माणमा बनेका ‘भुन्टी’ र ‘कान्छी’ सिरियल दर्शकमाझ निकै लोकप्रिय छ