एमालेले उजुरी हालेपछि कांग्रेसलाई निर्वाचन आयोगको स्पष्टीकरण

हाम्रो सन्देश संवाददाता

३ चैत, काठमाडौं ।

उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका जसपा नेता रामसहाय यादवलाई मतदान गर्ने निर्णय गरेपछि नेपाली कांग्रेसलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचन आयोगमा नेकपा एमालेले उजुरी दिएको हो।

आज साँझ एक विज्ञप्ति जारी गर्दै कांग्रेसलाई आयोगले आचारसंहिता उल्लंघन गरेको उजुरी पर्न आएकाले किन कारबाही हुनु नपर्ने भनी लिखित जवाफसमेत माग गरेको छ। साथै उक्त पत्रमा कांग्रेसलाई आचारसंहिता पूर्ण पालना गर्न आयोगले ध्यानाकर्षणसमेत गराएको छ।

उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने मौन अवधि शुरू भइसकेको अवस्थामा आज (बुधबार) दिउँसो नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन बैठकले यादवलाई मतदान गर्ने निर्णय सार्वजनिक गरेको थियो।

उक्त निर्णयप्रति एमालेले आपत्ति जनाउँदै आयोगमा उजुरी हालेको थियो। उपराष्ट्रपतिको निर्वाचनका लागि मंगलबार राति १२ बजेबाट मौन अवधि शुरू भएको छ। निर्वाचन चैत ३ गते हुँदै छ।

खासगरी एमाले नेताहरुले नै भण्डारीलाई सक्रिय राजनीतिमा आउन आग्रह गरेका छन् । राष्ट्रपतिको भूमिका रहँदापनि भण्डारीले एमालेमा एउटा शक्तिशाली गुटको नेतृत्व गरेको आरोप थियो । अध्यक्ष केपी शर्मा ओलीले नै भण्डारीलाई पूनः पार्टीमा सक्रिय हुन आग्रह गरिसकेको स्रोतको दाबी छ ।

एमालेले भण्डारीलाई वरिष्ठ उपाध्यक्ष बनाउनेगरि गृहकार्य थालेको छ । यसको लागि भण्डारीले भने अहिलेसम्म कुनै ठोस जवाफ नदिएको बुझिएको छ । कतिपयले भने उनलाई एमालेको राजनीतिमा सक्रिय हुँदै संसद्को यही कार्यकालको लागि यात्रा तय गर्न र मुलुककै पहिलो महिला प्रधानमन्त्री बन्न पनि सुझाव दिएका छन् ।

नेपालको पहिलो महिला राष्ट्रपति बनेर किर्तीमानी कायम गरेकी भण्डारीलाई एमाले नेताहरुले अब मुलुककै पहिलो महिला प्रधानमन्त्री बनाउनेगरि गृहकार्य थालेका छन् । कतिपयले त उनलाई आगामी बैशाख २ गते चितवन–२ मा हुने उपनिर्वाचनमा भाग लिन पनि प्रस्ताव गरेको बुझिएको छ । खासगरी एमालेका महिला नेतृहरुले पनि भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा सहभागी हुन जोड गरेका छन् ।

आज कार्यकाल समापनसँगै शितलनिवासबाट विदा भएर बालुवाटारस्थित् आफ्नी जेठी छोरी उषाकला भण्डारीको भाडाको घरमा सरेकी भण्डारीले भोलिबाट राजनीतिक भेटवार्ता गर्ने बताईएको छ । आजै उनको डेरामा पार्टीका नेता तथा कार्यकर्ताहरुको ठूलो पँक्ति स्वागतको लागि पुगेको थियो ।

उनी सक्रिय राजनीतिमा आउँछिन कि आउँदिनन् भन्ने कुरा भोलिको दिनले प्रष्ट नै पार्ला । तर, उनलाई सक्रिय राजनीतिमा आउन भने एमालेको ठूलो पँक्तिले दबाब सिर्जना गरेको साँचो हो । कतिपय नेताहरुले भने सार्वजनिक रुपमै भण्डारी सक्रिय राजनीतिमा आउने दाबी गरिरहेका छन् ।

तनहुँ — सञ्चार तथा सूचना प्रविधीमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जनताको सुखदुःखको साथी स्थानीय तह बन्नुपर्ने बताएकी छन् । जिल्लाको आबुखैरेनी गाउँपालिकाको ७औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले संघीयताले केन्द्रको अधिकार गाउँगाउँमा पुर्‍याएको र सोही अधिकारको सदुपयोग गर्दै स्थानीय तहले जनताको समस्य समाधान गर्नुपर्ने बताएकी हुन् ।

‘अहिले जनताले स्थानीय तहको रुपमा आफ्नो सुखदुःखको साथी पाएका छन्’, उनले भनिन्, ‘स्थानीय तहले जनताको समस्या नजिकबाट बुझेर जनतालाई घरदैलोमै सिंहदरबारको अधिकार दिन सक्नुपर्छ ।’

स्थानीय सरकारलाई बलियो बनाउन कानुन निर्माण गर्न संघीय सरकार प्रतिबद्ध रहेको भन्दै उनले बलिदान र संघर्षबाट प्राप्त उपलब्धि गुम्न नदिने र स्थानीय तहलाई बलियो बनाएर लैजान सरकार प्रतिबद्ध रहेको बताइन् ।यस्तै, कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार व्यवस्थामन्त्री हरिबहादुर चुमानले स्थानीय सरकारलाई बलियो बनाउन प्रदेश सरकार सहयोग गर्न सदैव तयार रहेको बताए ।

उपराष्ट्रपति निर्वाचनमा १० दलीय गठबन्धनले जालझेल गर्दैछ १० दलीय गठबन्धनले जालझेल गर्न खोजेको आरोप लगाएका छन् ।शनिबार ललितपुरमा आयोजित अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको चौथो विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उपराष्ट्रपति निर्वाचनमा गठबन्धनले संविधानविपरीत उम्मेदवारी दिएको दाबी गरे ।

राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था भएको भन्दै त्यसविपरीत गठबन्धनले फरक समुदायको भनेर पुरुष नै उम्मेदवार बनाएर जालझेल गरेको आरोप लगाए ।

अध्यक्ष ओलीले भनेका छन्, ‘हामीले अहिलेको संविधानमा ३३ प्रतिशत महिला र धेरै ठाउँमा, ७५३ वटा पालिकामा अल्टरनेट गर्नुपर्ने प्रमुख/उपप्रमुख । यो गरेका छौँ । सभामुख, उपसभामुखमा अल्टरनेट हुनुपर्ने । राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्षमा अल्टरनेट हुनुपर्ने ।

अब राष्ट्रपतिमा समस्या आइराखेको छ । राष्ट्रपति, उपराष्ट्रपति अल्टरनेट हुनुपर्ने कि नपर्ने भन्दा १० दलीय गठबन्धन जुन छ, त्यो त महिला विरोधी छ । स्थानीय तह निर्वाचनमा पनि उनीहरुले कानुन छलेका छन् । त्यो कानुन छलेको कुरो कमसेकम हाम्रा न्यायिक निकायहरु वा निर्वाचन आयोग भएको भए त्यो कुरा सदर हुन सक्दैनथ्यो ।

तर त्यस्तो भइदिएन । संविधानले एउटा/एउटा हुनैपर्ने भनेपछि नभएर हुन्छ ? गर्नैपर्छ नि ! अब आजसम्म पनि दस दलीय गठबन्धनले जालझेल गर्न खोजिराखेको छ अर्को समुदाय भनेर । यसको मर्म अर्को समुदायसँग होइन खासमा ।

पुरुष हुन्छ भने महिला । महिला हुन्छ भने महिला हुनसक्थ्यो तर त्यो कुरा स्पष्ट भएन संविधानमा । महिला राष्ट्रपति भयो भने उपराष्ट्रपति महिला हुन नसक्ने भन्ने कुरा होइन । तर अहिलेको अवस्थामा त्यो सम्भव होइन कि जस्तो संवैधानिक व्यवस्था देखिन्छ ।’

ओलीले उपराष्ट्रपतिको निर्वाचनमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यसँग एक्लै लड्न नसकेर दस दलीय गठबन्धन बनाएको पनि जिकिर गरे । ‘उनीहरु किन एकजुट हुन्छन् भन्दा तिनीहरु एकैतिर बसेर पनि, एकैतिर फर्केर पनि दसतिर फर्केर बसेका छन् ।

यताबाट एमालेले हान्छ कि, यताबाट हान्छ कि त्रास छ उनीहरूलाई । हामीले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएका छौँ । एउटा अष्टलक्ष्मी शाक्यसँग लड्न अब ९ पार्टीले पुगेन, आज फेरि अर्को थपियो । १० पार्टी बनाए । अष्टलक्ष्मी आउनुभयो, गाह्रो छ आऊ भाइ हो सबै मिलेर लडौँ भनेर गठबन्धन बनाए ।

त्यहाँ जालझेल, प्रपञ्च अनेक प्रकारका छन् । अन्तिममा हामी एकातिर अरु एकातिर भएरै लडाइँ हुने हो । किनभने एक्लै लड्ने कुनै आँट गर्दैनन्,’ अध्यक्ष ओलीले भने ।