काठमाडाैं ।
जीवनशैलीमा आएको परिवर्तनसँगै मानिसको खानपिन पनि बदलिएको छ । बेस्सरी मसला हालेको खाना खाएर एसिडिटी हुन्छ जसका कारण शरीर र पेट भारी हुन्छ ।
यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ । तर नडराउनुस्, पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका लागि घरेलु उपाय छन् ।
१. अमला तपाईँलाई एसिडिटीको समस्या छ भने अमलाको क्यान्डी बनाएर खानुस्, आराम पुग्छ । २. ज्वानो ज्वानोलाई पानीमा उमालेर पिउनुस् । ग्यासको समस्या तत्काल निको हुन्छ ।
३. तुलसीका पात तुलसीका पातले रुघाखोकीका साथसाथ ग्यासबाट पनि छुटकारा दिलाउँछन् । ४. बेसार दहीमा बेसार मिसाएर खाँदा ग्यासको समस्या भाग्छ । पेट दुखेको छ वा बाउँडिएको छ भने पानीमा बेसार हालेर खानुभए पनि हुन्छ ।
५. जिरा कब्जियत वा पेटका अन्य दुखाइमा जिरालाई भुटेर त्यसमा वीरे नुन हालेर पानीमा उमालेर खाँदा पनि ग्यासले सताउँदैन । एजेन्सीबाट
कसरी हुन सकिन्छ घुर्ने समस्याबाट मुक्त ?
हामी मध्ये कति जना घुर्छौं भनेर कसैलाई थाहा छैन । यद्यपि यो समस्या बढ्दै गएको छ । यसका कारण घुर्नेहरुको निद्रामा मात्र गडबडि हुने होइन वरपरका मानिसलाई समेत निकै समस्या हुन्छ । कतिपय अवस्थामा घुरेकै कारण मानिसको विवाहसमेत भङ्ग भएको छ । हामी किन घुर्छौं ? हामी निद्रामा पनि श्वास लिन्छौं र बाहिर निकाल्छौँ । यसक्रममा हामी हाम्रो घाँटी र टाउकाको नरम तन्तुमा हुने कम्पनका कारण घुर्छौं ।
यी नरम तन्तुहरू हाम्रो नाकको भाग, टन्सिल तथा मुखको माथिल्लो भागमा हुन्छन् । जब हामी सुतेका हुन्छौं, वायुमार्ग आरामदायक अवस्थामा हुन्छ । यतिबेला हावाले भित्र र बाहिर जान बल प्रयोग गर्नुपर्छ, जसले नरम ऊत्तकहरूमा कम्पन निम्त्याउँछ । यसलाई रोक्न के गर्न सकिन्छ ?
घुर्ने समस्या रोक्न श्वासनली खुला राख्नु आवश्यक हुन्छ । यसका लागि त्यस्ता धेरै उपायहरू छन् जुन उपाय अपनाउन बिज्ञहरुले सल्लाह दिएका छन ।
मदिराबाट दूरी : रक्सीका कारण सुतेका बेला मांसपेशीहरू शिथिल हुन्छन् र श्वासनली साँघुरो हुँदै जान्छ । यस्तो अवस्थामा सुत्नुअघि मदिरा सेवन गर्नु हुँदैन ।
कोल्टे परेर सुत्ने : आफ्नो पिठ्युँको बलमा समतल सुत्दा जिब्रो, चिउँडो तथा चिउँडो मुनिको फ्याटी टिस्युले हाम्रो श्वासनली अवरुद्ध गर्न सक्छ । यस्तो अवस्थामा यदि घुरेको आवाज आउँछ भने कोल्टे परेर एक छेउमा सुत्नुपर्छ ।
नोज स्ट्रिप्स : बजारमा यस्ता थुप्रै उत्पादनहरू उपलब्ध छन् जसले घुर्ने समस्या रोक्न मद्दत गर्छन् । नोज स्ट्रिपले नाकलाई खुला राख्छ । नाकबाट घुर्दा पनि यसले काम गर्छ । यद्यपि यी कति प्रभावकारी छन् त्यसमा भने शन्देह छ ।
नाक सफा राख्नुपर्छ : यदि रुघाखोकी लागेको छ र नाक बन्द छ भने घुर्ने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा सुत्नुअघि राम्रोसँग नाक सफा गर्नुपर्छ । नाक सफा गर्न नोज डिकन्जेस्टेन्ट प्रयोग गर्न सकिन्छ । यसो गर्दा नाकको अति सूक्ष्म रक्त कोशिकाहरू सुन्निने समस्याबाट राहत मिल्छ । यो सामान्यतया एलर्जीको कारणले पनि हुन्छ जसमा यसले तुरुन्तै राहत दिन्छ ।
तौल घटाउने : यदि तौल बढी छ भने चिन नजिकै बोसो जम्मा भएको हुन सक्छ। यसले श्वासनलीलाई साँघुरो तुल्याएर हावाको बाटोमा अबरोध पुर्याउन सक्छ। यस्तो अवस्थामा स्वस्थ तौल कायम राख्दा घुर्नेबाट राहत प्राप्त गर्न सकिन्छ।