काठमाडौं ।
चलचित्र कलाकार संघको अध्यक्ष पदका लागि वरिष्ठ चलचित्रकर्मी मोहन निरौला तथा अभिनेत्री रेजिना उप्रेतीले उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी चैत ४ गते शनिवार हुने निर्वाचनमा अध्यक्ष पदका लागि निरौला तथा उप्रेतीबीच प्रतिस्पर्धा हुने भएको हो ।
संघको उपाध्यक्ष पदमा विभिन्न सात जना कलाकारले उम्मेदवारी दिएका छन् । उनीहरुमा धनबहादुर बम्जन ९डीबी०, कविता गेलाल, शिवहरि नेपाल, सरिता गिरी, पवनप्रसाद खतिवडा, तेजकुमारी खतिवडा र विष्णुप्रसाद रिजाल छन् ।
महासचिव पदमा सञ्जय खतिवडा, धर्मानन्द आचार्य, सविन श्रेष्ठ, पनाह अधिकारी तथा उत्तम केसी गरी पाँच जना कलाकारे उम्मेदवारी दिएका छन् ।
सचिव पदमा रामेश्वर बुर्लाकोटी र जीवन थापाको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा विनोदकुमार भट्टराई र सुनिल कटुवालले उम्मेदवारी दिएका छन् । सह–कोषाध्यक्षमा रोहित रुम्बा र पवित्रा आचार्यले उम्मेदवारी दिएका छन् ।
सदस्य पदमा २६ जनाले उम्मेदवारी दिएका छन् । सदस्य पदका लागि उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, सञ्जोग राणा, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, लक्ष्मण चौलागाईं, रञ्जना खड्का, सुनिलकुमार पुरी, नम्रता खरेलले उम्मेदवारी दिएका छन् ।
त्यस्तै गोपीलाल तामाङ, दिलकुमार दोङ, पुकार भट्टराई, दिनेश अवाल, खिन्नबहादुर भण्डारी, रामशरण जंगम, रामकुमार कार्की, राजेश गोसाईं, सरिता राजोपाध्याय, नीतु कोइराला गौतम, ईश्वरबल्लभ उप्रेती, भीमसेन बजगाईं, समीर लामा तामाङ, निर्मल स्याङतान तथा बबिता ढकालले पनि उम्मेदवारी दिएका छन् ।
सदस्यता नवीकरण, कार्ड वितरण र आर्थिक प्रतिवेदनलाई लिएर केही सदस्यले उजुरी दिएका थिए । यसका लागि छानबिन समितिले पत्र पनि लेखेको थियो । कार्यसमितिले विवाद छिनोफानो नगरिकन महाधिवेशनमा जान नसकिने निर्णय गरेको थियो ।
तर, हालै बसेको कार्यसमितिको दोस्रो बैठकले चैत ४ गते नै निर्वाचन गराउने निर्णय गरेको हो ।