उड्ने तयारीमा रहेको जहाजभित्र जब एक यात्रु रुन थालिन् यस्तो भयो !

हाम्रो सन्देश संवाददाता

२७ फागुन, काठमाडौं ।

भारतको बैंग्लुरुका लागि उड्ने तयारीमा रहेको नेपाल एयरलाइन्सकाे जहाजमा रहेकी एक महिला यात्रु रुन थालेपछि उनलाई ओरालिएकाे छ ।

जहाज उड्नुअघि रुवावासी गर्दै ओर्लिने भनेपछि ती महिला यात्रुलाई ओरालिएकाे त्रिभुवन विमानस्थलस्थित टीडीओ कार्यालयले जनाएकाे छ ।

ती महिला यात्रुलाई ओरालिए लगत्तै सबै यात्रुहरुलाई पनि ओरालिएर एक घण्टा ढिलो गरी जहाज उडाइएको हाे ।

आरए २२५ उडानमा रहेकी ती महिला यात्रु रोएपछि शनिबार दिउँसो २ बजे उड्नुपर्ने उक्त विमान एक घण्टा डिले गरी उडेकाे थियाे । कार्यालयका अनुसार महिला रुन थालेपछि सबै ११७ जना यात्रुलाई ओरालेर जहाजभित्र जाँच गरिएको थियो ।

उडान नियम अनुसार उड्ने बेला कोही यात्रुले जहाजभित्रै यसैगरी जान इन्कार गरेमा सबै यात्रुलाई ओरालेर जहाज जाँच गरेर मात्रै यात्रा गराइने टीडीओ कार्यालयले जनाएको छ ।

ती महिलाकाे भने उडान रद्द गरी ललितपुरस्थित उनकै घर फिर्ता पठाइएको छ । उनले घरमा कोही व्यक्ति बिरामी भएकाले भारत जान नसकेको कारण दिएकी छन् ।

अनुदानलाई उपलब्धिमूलक बनाउन समूहमा लगानी गरिनेछ : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले कृषि क्षेत्रमा गरेको लगानी उपलब्धिमूलक बनाउन समूहमा लगानी गर्ने बताउनुभएको छ ।

आज यहाँ नेपाल राष्ट्रिय कर्मचारी स¬ङ्गठन निजामती, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, कर्मचारी सङ्गठन महासङ्घ र प्रगतिशील स्वास्थ्यकर्मी महासङ्घको संयुक्त भेलाको उद्घाटन गर्दै उहाँले विगतमा गरिएको लगानीले जनजीवनमा प्रभाव नपारेको भन्दै यसपटक समूह वा वडालाई नै पकेट क्षेत्र बनाएर लगानी गर्ने बताउनुभयो ।

प्रदेश सरकारले हरेक क्षेत्रमा उपलब्धिमूलक काम गर्नका लागि ठूला आयोजनामा लगानी गरी जनतालाई महसुस हुने गरी विकास गर्ने योजना रहेको उहाँको भनाइ छ । कर्मचारी सङ्गठनले विषय र योजना बनाउँदा करार र अस्थायी कर्मचारीको पनि हकहितको विषय समेट्न उहाँले आग्रह गर्नुभयो । तल्लो दर्जाको कर्मचारीको हकहितको विषयमा गम्भीर बन्नुपर्ने उहाँको भनाइ छ ।

कर्मचारीका समस्या समाधानका लागि र कर्मचारीलाई सेवाग्रहीप्रति थप उत्तरदायी बनाउन प्रदेश सरकारले गर्नुपर्ने कामको विषयमा सुझाव दिनसमेत उहाँले कर्मचारीलाई नै आग्रह गर्नुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीका अध्यक्ष राजु अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीका केन्द्रीय अध्यक्ष हरिबहादुर रावललगायतले मन्तव्य दिनुभएको थियो ।