आफ्नो बारे मिडियाले जथाभावी समाचार बनाएको भनेर आपत्ति जनाउँदै गायक राजेश पायल राईले लेखे यस्तो स्टाटस

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

चर्चित गायक राजेश पायल राईले आफ्नो बारे मिडियाले जथाभावी समाचार बनाएको भन्दै आपत्ति जनाएका छन् । राजेश पायल राईले बच्चामाथि उम्लेको तातो पानी खन्याएको भन्दै मिडियामा समाचार आएपछि उनले एक स्टाटस लेखेका हुन् ।

राजेशकी पत्नी साङ्गबुङ राईले सामाजिक सञ्जालमा बोली नफुटेको बच्चालाई तातो पानी खन्याएको भन्दै भोलि गएर आमाछोरालाई नै उम्लेको पानी खन्याउन के बेर भन्दै प्रश्न गरेकी थिईन भनेर समाचार आएका थिए ।

यसैबीच गायक राजेश पायल राईले आफ्नो बारे मिडियाले जथाभावी समाचार बनाएको भनेर आपत्ति जनाउँदै लेख्छन् – गम्भिर आपत्ति प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शिर राखी दिन्छु । एउटा स्टाटस कै भर मा कसैलाई यती ठुलो गाली गलौज लेख्न मिल्छ ? Thumbnail मा त्यसरी Describtion दिन मिल्छ ?

मेरो ब्यक्तिगत details छाप्न मिल्छ ? बिना प्रमाण यत्रो मानहानि गर्न मिल्छ ? अनेक अनेक तुच्छ भाषा प्रयोग गर्न मिल्छ,आउनुस् म च्यालेज दिन्छु यदी प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शिर राखी दिन्छु हिजो घटेको घटना रहेछ । बच्चालाई हस्पिटल लगेको होला,नलेगेनी हिजो खन्याको तातो पानी त पक्कै पानी फोका ऊठ्यो होला रातो दाग होला !

घाऊ होला, प्रमाण ल्याउनुस् मेरो शिर तपाईंको हातमा राखिन भने म किराती होइन यदी मेरो नाम प्रयोग गरेर आफ्नो पत्रकारिता, यानेकी तपाईंको चुल्हो बल्छ भने त म खुशी नै हुन्छु र अझ प्रार्थनै गर्छु मलाई झन सराप्नुस् तर त्यती गर्दा चै तपाईं को चुल्हो बल्नु पर्छ नी ?

अ हिजो को चल्लो आजको के रे ??? र मेरो भलो नचिताउने,मेरो क्यारियर समाप्त गराउने गिरोह सक्रिय हुनलागेको हुदा, आउँदा दिनहरुमा म माथी यस्तै कुनै षड्यन्त्र भयो भने आस्चार्य मान्नु पर्ने छैन ।आसा छ त्यो क्षणमा मलाई मेरा सुभचिन्तक, साथीभाइ र सन्चारकर्मी ले सत्यको बाटोमा सहयोग गरिदिनु हुनेछ । #सायारेम