साम्राज्ञीकै कारण भुवन केसीले ‘ह्यारीकी प्यारी’ नहेर्ने भनेका हुन् ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

अभिनेता भुवन केसीले साम्राज्ञी शाहको प्रमुख भूमिका रहेको फिल्म ‘ह्यारीकी प्यारी’ हेर्न अस्वीकार गरेका छन् । यो कुराको खुलासा फिल्म निर्देशक डा. कपिल रिजालले मिडियासामु गरेका छन् ।

‘म गएर उहाँलाई आउनुस् भनेको थिएँ । अनि उहाँले म आउँदिन भन्नुभयो । अनि त्यसैले मैले निम्तो पनि दिइनँ,’ रिजालले भने ।

हुन सक्छ यही कारण भुवन ह्यारीकी प्यारीको प्रिमियरमा पनि उपस्थित भएनन् । केसीले आउँदिन भनेपछि निम्तो नगरिएको बताउँदै मिडियासामु रिजालले दुखेसो पनि पोखे । ‘ह्यारीकी प्यारी’ फिल्म नहेर्ने भुवनको यो कार्यले अभिनेत्री साम्राज्ञी शाहसँगको विगतको तुष अझै बाँकी छ भन्ने शंकालाई बल मिल्छ ।

साम्राज्ञी र जितु नेपालको प्रमुख भूमिका रहेको फिल्म ह्यारीकी प्यारीले बुधबार प्रिमियर गरेको थियो । भुवन र साम्राज्ञीबीचको विवाद बुझ्न केही वर्षअघि पुग्नुपर्छ जतिबेला यी दुईबीच सामाजिक सञ्जालमा भनाभन भएको थियो । ‘ड्रिम्स’ निर्देशक र डेब्यु अभिनेत्रीबीचको उक्त विवादपछि बोलचाल छैन ।

साम्राज्ञीले भुवनमाथि दुव्र्यवहारको आरोप लगाएपछि पहिलोपटक यो विवाद सतहमा आएको थियो । त्यसयता पनि यी दुईबीच हार्दिक सम्बन्ध बनिसकेको छैन भन्ने हालैको ह्यारीकी प्यारी नहेर्ने भन्ने भुवनको जवाफले पुष्टि गर्छ ।

कपिल रिजाल निर्देशित यो सोसल र रोमान्टिक ड्रामा फिल्म अहिले हलमा चलिरहेको छ ।

साम्राज्ञी आरएल शाह र भुवन केसीको विवाद अहिले मत्थर भएको छ। दुवैले कमसेकम सामाजिक सञ्जालमा एकअर्काविरुद्ध स्ट्याटस लेखिरहेका छैनन्। तर, उनीहरूले सुरु गरेको विवादमा थुप्रै पात्र तानिने क्रम जारी छ।

केही समयअघि निर्देशक शोभित बस्नेतले भुवन केसीको पक्षमा अन्तर्वार्ता दिएपछि चुप लागेकी साम्राज्ञी फेरि शोभित बस्नेतलााई जवाफ दिँदै अगाडि आएकी छिन्। शोभितले एउटा अन्तर्वार्तामा ‘भुवन केसीले साम्राज्ञीलाई मौका नदिएको भए वीरगञ्जमा रिक्सा चढिरहेकी हुन्थिन्, मौका पाएर कार चढिरहेकी छिन्’ भन्ने अभिव्यक्ति दिएका थिए। यसको जवाफमा साम्राज्ञीले शोभितको तर्कलाई वाहियात भन्दै ‘रिक्सा चढ्नु चैँ लज्जाको कुरा हो र ?’ भन्दै प्रश्न गरेकी छिन्। उनले ‘कस्तो सस्तो सोचाइ’ भन्दै अगाडि भनेकी छिन्, ‘मेरो साथी निकै राम्रो मान्छे हुन्। तर, उनको पिताको कस्तो सस्तो मानसिकता हो ?’

रमाइलो के भने साम्राज्ञीले जसलाई सस्तो मान्छे भनिन्, ती सलोन बस्नेतका पिता हुन्, जसलाई साम्राज्ञीले असल भनेकी छिन्। उता साथी अनमोल केसीको पितासँग पनि झगडा,यता सलोनका बुबासँग पनि लफडा। साम्राज्ञीको भिड्ने क्षमतालाई चाहिँ मान्नैपर्छ।