टर्कीमा फेरि शक्तिशाली परकम्प, मृतकको संख्या १२ सय नाघ्यो !

हाम्रो सन्देश संवाददाता

२३ माघ, काडमाडौं ।

टर्कीमा फेरि शक्तिशाली परकम्प गएको छ । नेपालको समय अनुसार आज शनिबार बिहान ७ बजेर २ मिनेटमा त्यहाँ ७.८ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो ।

त्यसपछि पनि त्यहाँ परकम्पहरु गइरहेका छन् । जसमध्ये नेपालको समय अनुसार दिउँसो ४ बजेर ९ मिनेटमा ७.५ म्याग्निच्युटको अर्को शक्तिशाली परकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

भूकम्पको धक्का छिमेकी देशमा समेत महसुस भएको छ । टर्कीपछि सिरियामा भूकम्पबाट धेरै क्षति भएको छ । दुई देशमा गरेर अहिलेसम्म १ हजार ३०० जनाभन्दा धेरैको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

टर्कीका राष्ट्रपति रिसेप इर्डोगनले आफ्नो देशमा मात्रै अहिलेसम्म ९१२ जनाको मृत्यु भएको छ ५ हजार ३०० जना घाइते भएको जानकारी आएको बताएका छन् ।
सिरियामा पनि ३२० जनाको मृत्यु भएको बेलायती मानवअधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

उद्धारकर्ताहरुले भूकम्पबाट भत्किाएका भग्नावशेषमा पुरिएकाहरुको खोजी तथा उद्धार गरिरहेका छन् ।

बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि…
जिल्लाको भानु नगरपालिका–१३ बर्खोला निवासी १६ वर्षीय बालक मनोज मौरतीको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि उपचारमा समस्या भएको छ ।

जुकाले फोक्सो र कलेजोमा गुँड बनाएर अण्डा पारेसँगै हिडाटिड सिस्ट भन्ने रोगका कारण फोक्सो र कलेजोमा आक्रमण गरेपछि आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोग्नुपरेको हो । सोही वडास्थित अरनिको माध्यमिक विद्यालयमा अध्ययनरत मौरतीका बाबुको निधन भइसकेकाले घरका अन्य सदस्यको आयस्रोत नहुँदा उपचारमा समस्या भएको स्थानीय समाजसेवी गल गुरुङले जानकारी दिनुभयो ।

आर्थिक अवस्था अत्यन्त न्यून रहेका मौरती परिवारले उपचार खर्च जुटाउन नसकेपछि गुरुङकै सक्रियतामा करिब रु दुई लाख ३० हजार सङ्कलन गरी उपचारमा सहयोग गरिएको उहाँले बताउनुभयो । बालक मौरतीको उपचारको लागि खर्च जुटाउन सोही वडा निवासी देशविदेशमा रहनुभएका व्यक्तिले सहयोग गरेका कारण उपचारमा केही हदमा सहज भएको उहाँले बताउनुभयो ।

फोक्सो र कलेजोमा समस्या भएपछि काठमाडौँ महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पहिलो फोक्सोको ‘ओपन सर्जरी’ गरिएको छ भने दोस्रो पटक कलेजो पाइपमार्फत शल्यक्रिया गरिएको थियो । अबको दुई हप्तापछि पुनःफलोअपका लागि चिकित्सकले सम्पर्क गर्न जानकारी दिएको र अहिले दोस्रो शल्यक्रियापश्चात बालक मौरती घर फर्किनुभएको हो । बालकको उपचारका लागि अझै आर्थिक अभाव हुने देखिएकाले सहयोगी मनले सहयोग गरिदिन आर्थिक सङ्कलन अभियन्ता गुरुङले आग्रह गर्नुभएको छ ।