पत्रकार ऋषि धमलापत्नी आज लिदैछिन् जीवनकै बोल्ड डिसिजन, धमला के भन्छन ?

हाम्रो सन्देश संवाददाता

१४ माघ, काठमाडौं ।

चर्चित पत्रकार ऋषि धमलापत्नी एलिजा गौतम आज नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्ने भएकी छन्। नायिकासमते रहेकी गौतम रुपन्देहीमा एक पत्रकार सम्मेलन गर्दै पार्टी प्रवेश गर्न लागेकी हुन्।

गौतमलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जीता गौतमले स्वागत गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

गौतमलाई नेपालगञ्जको कुनै कार्यक्रममा पार्टी प्रवेश गराउने तयारी भएपनि अन्तिममा रुपन्देहीको भैरहवामा निर्णय भएको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ।

यो विषयलाई शुक्रवारसम्म गोप्य राख्न खोजिए पनि सो पार्टी निकट एक नेताले यसको पुष्टि गरेका छन् । गौतमलाई पार्टी प्रवेश गराएर महत्त्वपूर्ण जिम्मेवारी दिन लागिएको आंकलन गरिएको छ ।

एलिजा गौतम निकट एकजनाले उनलाई तत्काल पार्टी प्रवेश गराएर उन्मुक्ति सरकारमा गए मन्त्री बनाउनेसम्मको आन्तरिक समझदारी बनेको छ । उन्मुक्तिले पाएको कोटामा एलिजा मन्त्री बन्ने सम्भावना छ, सांसद नभएपनि ६ महिना मन्त्री बन्ने कानुनी व्यवस्था छ, सायद यही आधारमै उहाँ प्रवेश गर्न लागेको मैले बुझेको छु’ उनले भने ।

त्यसैगरी एलिलासहित लुम्बिनीबाट राष्ट्रिय सभाको माघ २५ गते हुने उपनिर्वाचनमा उम्मेदवार बनेका राजेन्द्रवीर राय पनि उन्मुक्तिमा प्रवेश गर्दै छन् । उनी बैंकर तथा व्यवसायी हुन् । माघ ११ गते सत्तारुढ दलको सहमति विपरीत उन्मुक्तिले उनको उम्मेदवारी दर्ता गराएको छ ।

उम्मेदवारी दर्ता गराउन दाङको निर्वाचन कार्यालय पुगेकी उन्मुक्ति अध्यक्ष रन्जिता श्रेष्ठले दलको तर्फबाट दिएको उम्मेदवारी फिर्ता नहुने दाबी गरेकी छन् ।

नागरिक उन्मुक्तिले पार्टीको उपाध्यक्ष नै बनाउने गरी एलिजालाई प्रवेश गराउन लागेको सो पार्टी निकट स्रोतले नेपाल प्रेसलाई बताएको छ । गौतम र रायसहित अन्य व्यक्तिहरू पनि नागरिक उन्मुक्तिमा प्रवेश गर्ने कार्यक्रम रहेको बुझिएको छ ।