बस्दाखेरी खुट्टा हल्लाउने बानी छ ? यो त रोग हो !

हाम्रो सन्देश संवाददाता

एजेन्सी।

तपाईं बस्दा वा पल्टिँदा खुट्टा हल्लाइरहनुहुन्छ भने यो रेस्टलेस सिन्ड्रोम हो । शरीरमा आइरनको कमी भएमा यस्तो लक्षण देखिन्छ।

यो समस्या संसारभरिका १० प्रतिशत मानिसमा हुन्छ । धेरैजसो अवस्थामा ३५ वर्षभन्दा माथिका मानिसमा यो समस्या देखिन्छ।

अमेरिकाको हार्वर्ड मेडिकल स्कूलका प्राध्यापक डा डब्ल्यू किंकम्यानका अनुसार, यो रोगबाट पीडित व्यक्ति निद्रा आउनुभन्दा अघि ३०० चोटिसम्म गोडा हल्लाउँछ । अनुसन्धानकर्ताहरूले स्पष्ट रूपमा भनेअनुसार, लगातार खुट्टा हल्लाउँदा हृदयघातको सम्भावना बढ्छ।

यो खासमा स्नायुप्रणालीसँग जोडिएको रोग हो । गोडा हल्लाउँदा व्यक्तिमा डोपामाइन हर्मोन रिलिज हुन्छ र उसलाई बारम्बार हल्लाउन मन लाग्छl

यो अनिद्राजन्य रोग पनि हो । निद्रा पूरा नहुँदा व्यक्तिले थाकेको अनुभव गर्छ।

लक्षणहरूका आधारमा रगतको परीक्षण गरिन्छ । पोलिसोम्नोग्राफी गराएर पनि यसको पुष्टि गरिन्छ । यो परीक्षणले निद्रा नआउने कारण पत्ता लगाइदिन्छ।

गोडा धेरै हल्लाउनु रोगको लक्षण हो तर मानिसहरू यसलाई सामान्य रूपमा लिन्छन् । अलिक ध्यान पु–याउने हो भने यस रोगबाट बच्न सकिन्छ।

यसको उपचारमा आइरन चक्कीहरू दिइन्छ । समस्या गम्भीर भएको रहेछ भने अन्य औषधि पनि दिइन्छ । त्यस्तो औषधि सुत्नुभन्दा दुई घन्टाअघि लिनुपर्छ। औषधिले अनिद्रा हटाएर स्थितिलाई सामान्य बनाउँछ । हट एन्ड कोल्ड बाथ, भाइब्रेटिङ प्याड जस्ता व्यायामले पनि राहत दिलाउँछन्।

अत्यधिक चिन्ता लिने व्यक्तिको पनि गोडो अनायासै धेरै हल्लिन्छ।