काठमाडौं ।
लसुन नेपाली खानामा व्यापक रूपमा प्रयोग हुन्छ । खानामा लसुन मिसाउँदा यसको स्वाद झनै बढ्छ । लसुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ, विशेषगरी जाडोमा यसलाई खानु शरीरका लागि राम्रो मानिन्छ ।
लसुनलाई जाडोको सुपरफुड पनि मानिएको छ । लसुन खानु सबैका लागि फाइदाजनक भएतापनि कतिपय व्यक्तिले यसको सेवन गर्नु हुँदैन । आउनुहोस् जानौं लसुन कस्ता व्यक्तिहरूले खानुहुँदैन्
लसुन रोग प्रतिरोधात्मक क्षमताका लागि धेरै राम्रो हुन्छ, त्यसैले जाडोमा यसलाई खानु राम्रो हुन्छ । लसुनका अन्य धेरै फाइदाहरू छन्, तर लसुन खानु सबैका लागि फाइदाजनक साबित हुँदैन । जसलाई एसिडिटीको समस्या छ, त्यस्तो व्यक्तिले लसुन खाँदा पेट दुख्ने समस्या हुन्छ । यस्तो अवस्थामा तिनीहरू लसुनबाट टाढा रहनुपर्छ ।
यसबाहेक एसिडिटीको समस्या भएकाले खाली पेटमा लसुन खानु हुँदैन । यदि तपाईंको पेट धेरै कमजोर छ, केहि खाँदा सजिलै खराब हुन्छ भने लसुनको सेवन नगर्नुहोला ।
यसले तपाईंको समस्या झनै बढाउन सक्ने खत्तरा हुन्छ । यदि तपाईंलाई सास गन्हाउने र शरीरमा पसिना आउने समस्या छ भने लसुन नखानुहोला । यसले समस्या झनै बढाउन सक्छ । यदि तपाईं रगत पातलो बनाउने औषधि खाँदै हुनुहुन्छ भने, सीमित मात्रामा लसुन खानुहोला ।
लसुन सबैका लागि नराम्रो वा हानिकारक हुँदैन । कुनै पनि ठूलो स्वास्थ्य समस्या नभएका मानिसहरूका लागि लसुन उत्तम हुन्छ । यसले प्रतिरक्षा सुधार गर्छ, उच्च रक्तचाप कम गर्छ र कोलेस्ट्रोल स्तर कम गर्न मद्दत गर्छ । लसुनमा एन्टिबायोटिक गुण पनि हुन्छ, जसले संक्रमणसँग लड्न मद्दत गर्छ ।
काँचो लसुन खानु फाइदाजनक हुन्छ । धेरैजसो खानामा लसुनको प्रयोग गरिन्छ । तर यसको फाइदा उठाउन चाहनुहुन्छ भने काँचो खानुहोस् । उच्च तापक्रममा लसुन पकाउँदा यसमा पाइने एन्टिअक्सिडेन्ट नष्ट हुन्छ । तसर्थ, यदि तपाईं लसुनका फाइदाहरू लिन चाहनुहुन्छ भने, यसलाई ६० डिग्री सेल्सियस भन्दा माथिको तापक्रममा नपकाउनुहोस् ।