दिल्लीमा दुर्दान्त सडक दुर्घटना, ठक्कर दिएर चार किलोमिटर टाढासम्म घिसार्दा युवतीको मृत्यु !

हाम्रो सन्देश संवाददाता

नयाँ दिल्ली ।

भारतको राजधानी दिल्लीमा स्कुटरमा हिडेकी २३ वर्षीया एक महिलालाई कारले ठक्कर दिएर चार किलोमिटरसम्म घिसार्दा अंगभंग भएको अवस्थामा शव भेटिएको छ । नयाँ वर्षकै राजधानीमै भएकाे दुर्दान्त घटनाले दिल्लीमा सडक सुरक्षामाथि गम्भिर प्रश्न उठेकाे छ । दुर्घटना गराएर घाइतेलाई टाढासम्म घिसार्दा पनि थाहा नपाएकाे भन्दै प्रहरीकाे आलाेचना भएकाे छ ।

न्यु इयर इभ मनाएर फर्किएका युवाले चलाएको गाडिले ती महिलालाको स्कुटररलाई ठक्कर दिएको थियो । ठक्कर दिएर भाग्दा कारमै महिला घिसारिएको समेत उनीहरुले थाहा पाएनन् । नशामा लठ्ठ भएको र गाडि भित्र ठूलो आवाजमा गीत बजाएकाले कारले महिला घिसारेको उनीहरुले थाहा नपाएको प्रहरीको भनाइ छ ।

प्रहरीले दुर्घटना गर्ने कारमा सवार पाँच युवा दीपक खन्ना, अमित खन्ना, कृष्ण, मिथुन र मनोज मित्तललाई पक्राउ गरेको छ ।

बाटोमा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता
विराटनगरका एक व्यक्तिले इमान्दारिता प्रदर्शन गरेका कारण चर्चा कमाएका छन् । विराटनगर महानगरपालिका–३ स्थित गोधुली मार्ग बस्ने अनिस्कार भट्टले गत असोजमा बाटोमा भेटाएको रु एक लाख ३५ हजार आइतबार सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुभएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीको रोहबरमा भट्टले रकम हराउने व्यक्ति अमोदकुमार यादवलाई सो रकम फिर्ता गर्नुभएको हो । विराटनगरको एक ट्रान्सपोर्ट कम्पनीमा कार्यरत यादवको गोजीबाट रकम हराएको थियो ।

भट्टले सो रकम बैंकबाट कसैले झिकेको र बाटोमा खसेको हुनसक्ने आँकलन गरेर बैंकका कर्मचारीलाई जिम्मा लगाउनुभयो । भट्ट र बैंकको अथक प्रयासपछि रकम हराउने यादव लामो समयपछि भेटिनुभएको हो । आफूले बाटोमा असोज २५ गते उक्त रकम भेटाएको भट्टले बताउनुभयो ।

ग्लोबल आइएमई बैंक तीनपैनी शाखाका व्यवस्थापक राजेश विष्टले बैंकबाट निस्किएको व्यक्तिको रकम खसेको हुनसक्ने भन्दै बैंकलाई रकम जिम्मा लगाइएपछि रकम हराउने व्यक्तिको पहिचान गर्न चुनौती भएको बताउनुभयो ।

यादवको पहिचानपछि उहाँले असोज २५ गते जम्मा गरेको रकमको भौचरमा भएको फोन नम्बरमा फोन गर्दा स्वीच अफ हुँदा भेट हुन र रकम फिर्ता दिन समस्या भएको विष्टले बताउनुभयो ।

सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनी विराटनगरका अध्यक्ष मीना जोशीले रकम भेटाएर पनि घर नलगेर बैंकमा बुझाएर भट्टले उदाहरणीय काम गरेको बताउनुभयो ।