झ्यालबाट बचाउ बचाउ भने तर ४ घण्टासम्म उद्धार नहुनुको कारण यस्तो रैछ !

हाम्रो सन्देश संवाददाता

१७ पुस, काठमाडौं ।

कम्बोडिया र थाइल्यान्ड सीमा नजिकैको एक क्यासिनोमा भीषण आ”गलागी हुँदा झापाका निराकर पाण्डेको ज्या’न गएको छ। कम्बोडियास्थित पोइपेट सहरको ग्राण्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा बुधबार राती आ”गलागी हुँदा झापा बिर्तामोड नगरपालिका १ निवासी ४० वर्षीय निराकर पाण्डे ज्या”न गएको हो।

सो क्यासिनोमा आ”गलागी हुँदा पाण्डेसहित १९ जनाको मृत्यु भएको छ भने ६० बढी घा”इते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। पाण्डे बिर्तामोड नगरपालिका–१ का वडा अध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा हुन्।

अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दीपक ओलीको सहयोगमा एनआरएन कम्बोडियाका अध्यक्ष लालसिंह खडकाले दिएको जानकारी अनुसार होटेलमा आ”गलागी हुँदा निराकर त्यही फेसेका थिए। घण्टौँसम्म आगो नियन्त्रणमा नआउँदा उनले आफूलाई बचाइदिन एनआरएन खड्कासँग अनुरोधसमेत गरेका थिए। उनले पटक पटक घरका परिवारजन र साथीभाइसँग भिडियो कलमार्फत कुराकानीसमेत गरेका थिए।

होटेलबाट बाहिर निस्किने सबै ढोकाहरू बन्द भएको र अब बाच्ने कुनै सम्भावना नरहेपछि उनले आफूलाई बचाउन होटेलको १२ तलाबाट हाम फालेका थिए। होटेलबाट हाम फाल्नुअघि उनले आँखाबाट आँसु झार्दै परिवारजनसँग एक घण्टा बढी लामो गफगाफ गरेका थिए।

उनले बोलेको भिडियो कुराकानीमा ९ वर्षीय छोरा आर्मनलाई सम्झाउँदै भनेका छन् , ‘सानी, मेरो आँखाको नानी, बाबु म तिमीलाई धेरै माया गर्छु है। बाबा अलवेज लभ यु। जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीलाई सधैँ सम्झिनुहुन्छ है बाबु। आर्मन इज द वेस्ट है सानु।’

हिमालयमा भइरहेको भौगर्भिक हलचल, जलवायुजन्य विकार र मानवीय उपद्रव वेलैमा चिनेर सावधानी नअपनाए अझ ठूलो क्षति अवश्यम्भावी छ।

हामी नेपाली दिनहुँ हिमाल देख्छौं, तर हिमालबारे जानकार छैनौं। नेपाल पढ्छौं, तर नेपालबारे नै अनभिज्ञ छौं। विश्वकै शिर सगरमाथा आफ्नो रहेकोमा गर्व गर्ने हामी ‘चोमोलोङ्मा’ चीनतर्फ पनि पर्छ भन्ने चाहिं बिर्सिदिन्छौं।

सुनेको सुन्यै छौं- नेपाल सानो र गरीब देश हो। र, यही कुरा पत्याउन थालेका छौं। तर, जनसंख्यामा हामी विश्वकै ४०औं ठूलो देश हौं। नेपाल आर्थिक रूपले गरीब हुनुपर्ने हुँदै होइन, हामी हाम्रै सोच र नेतृत्वको पछौटेपनले पछाडि धकेलिएका हौं।

छिमेकी भारत र चीनको दाँजोमा हाम्रो क्षेत्रफल (एक लाख ४७ हजार ५१६ वर्गकिमी) सानो छ। यो त पदचिह्नको नापो मात्र हो। विशाल हिमशृङ्खला, गहिरा उपत्यका र माथि-तलको भूगोललाई रोटी बेले जसरी सम्म पार्ने हो भने नेपालको सतह-क्षेत्रफल अमेरिकाकै जत्रो हुन्छ। खासमा नेपाल आफ्नो चौघेरोभन्दा निकै ठूलो छ। त्यसैले त हामी ठट्टैठट्टामा भन्छौं, ‘नेपालमा चार होइन, ६ वटा दिशा छन्- पूर्व, पश्चिम, उत्तर, दक्षिण, उँभो र उँधो।’

५० करोड वर्षअघि भारतीय उपमहाद्वीप अफ्रिकाबाट उछिट्टिएर यूरेशियामा ठोक्किँदा चट्टान थुप्रिएर बनेको हिमालय संसारकै जवान, अग्लो र विविधतायुक्त भूखण्ड मानिन्छ। वैज्ञानिकहरूका अनुसार, भारतीय उपमहाद्वीप अझै यूरेशियाको प्लेटमुनि घिस्रिँदै चट्टानका विशाल फग्लेंटा उचालिरहेको छ। सगरमाथा र अरू टाकुरा वार्षिक औसत एक सेमीका दरले अग्लिँदै छन्। ठूला ठूला भूकम्पका झट्का आउँदा अझ धेरै उचालिन्छन्। जस्तै- १९९० सालको महाभूकम्पमा महाभारत क्षेत्र पाँच मिटर माथिसम्म उचालिएको वैज्ञानिकले पत्ता लगाएका छन्।

२०७२ को भूकम्पमा पनि काठमाडौं उपत्यकाका पहाड १.५ मिटरले उचालिए अनि एक मिटरका दरले दक्षिणतर्फ धकेलिए। हरेक सय वर्ष जतिमा भौगर्भिक दबाब थेग्न नसकेर चट्टानका तह एक्कासि फुट्छन् र बाहिरसम्म झट्का दिन्छन्। पश्चिम नेपालमा ५०० वर्षयता यस्तो ठूलो भूकम्प गएको छैन। त्यसैले अबको महाभूकम्प कर्णाली आसपास हुने अनुमान भूगर्भविद्हरू गर्छन्।

विश्वमै हिमाली क्षेत्रमा जनसंख्याको घनत्व उच्च हुने पहाडी मुलुकमध्ये नेपाल पहिलो पंक्तिमा पर्छ। लोकजीवनमा हिमालयलाई ‘अटल विम्ब’ मानिए पनि लाखौं वर्षको अन्तरालमा हेर्दा यो क्षेत्र भौगोलिक रूपमा अस्थिर, कमजोर र संवेदनशील छ। हिमालय संसारकै अधिकतम पानी पर्ने ठाउँ पनि हो। भारतका मेघालय र अरुणाचलमा वर्षको १२ हजार मिलिमिटरसम्म वर्षा हुन्छ। नेपालको इलाममा तीन हजार ५०० मिमीसम्म वर्षा हुन्छ।

खुम्बु हिमनदीमा सगरमाथाको एक अंश। जलवायु परिवर्तन सिर्जित विश्वव्यापी तापमान वृद्धिले सन् १९५३ मा हिलरी र तेन्जिङले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको समयभन्दा आधारशिविर ५० मिटर तल झरेको छ। तस्वीर: इलम दीक्षित
जति जति पश्चिमतिर गयो उति कम पानी पर्छ। पोखरामा मात्रै इलाम जत्तिको पानी पर्छ। वर्षाकै कारण परापूर्वकालदेखि भूक्षय, पहिरो, हिमपहिरोले हाम्रा टाकुरा, भञ्ज्याङ, फेदीहरूलाई कुँदिरहेका छन्। यसले गर्दा हिमालहरू जुन गतिमा उचालिइरहेछन्, झण्डै त्यही गतिमा क्षरण पनि भइरहेछन्। यो प्राकृतिक प्रक्रियामा मानवीय हस्तक्षेप बढेपछि विनाश थपिएको छ। बसोबासका लागि यसै पनि जोखिमपूर्ण मानिएको ठाउँमा आधुनिक पूर्वाधार, बाटोघाटो र अरू संरचना बनाउँदा ध्यान नदिनु अझ क्षति निम्त्याउनु हो।

हिमतालको धराप

विश्व जलवायु सङ्कटसँगै निम्तिएको अतिवृष्टिले पहिरो जाने दर बढाएको छ। औद्योगिक युगको थालनीयता औसतमा १.१ डिग्री सेल्सियसले बढेको विश्वव्यापी तापक्रम हरितगृह ग्यास उत्सर्जनको गति नघटे सन् २०५० सम्म दुई डिग्री सेल्सियस नाघ्ने प्रक्षेपण छ। तर, हिमालय क्षेत्रको तापक्रम वृद्धि अहिल्यै औसतभन्दा ०.७ डिग्री सेल्सियसले बढी छ। यसले गर्दा हिमनदी तीव्र रूपमा पग्लँदै छन्।

हिमतालको सतह बढ्दै छ। नेपालमा प्रकोप ल्याउन सक्ने ४७ वटा जोखिमपूर्ण हिमताल छन्। तीमध्ये २७ वटा तिब्बतमा पर्छन्। अरुण, भोटेकोशी, तामाकोशी र यसका सहायक नदीका तिब्बतपट्टिका मुहान धराप बनेका छन्। ८.५ रिक्टरको भुइँचालो गए यी हिमताल एकैचोटि फुट्ने डर हुन्छ। तब नदी आसपासका ठाउँहरूमा ठूलो प्रलय भई भूकम्पले भन्दा कैयौं गुणा बढी क्षति पुर्‍याइदिन सक्छ।