पुस १७ गतेदेखि २२ दिन बिदा दिने निर्णय

हाम्रो सन्देश संवाददाता

१६ पुस, काठमाडौं ।

पुस १७ गतेदेखि २२ दिन बिदा दिने निर्णय भएको छ । त्रिभवन विश्वविश्वालयले पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म हिउँदे बिदा दिने निर्णय गरेको छ । विश्वविश्वालयले आउँदो पुस १७ गतेदेखि शिक्षक तथा विद्यार्थीलाई हिउँदे बिदा दिने निर्णय भएको जनाएको छ ।

गत पुस ३ गते बसेको त्रिविको कार्यकारी परिषद् बैठकले आगामी पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म हिउँदे बिदा दिने निर्णय गरेको छ । ‘सूचनामा भनिएको छ त्रिविका सम्पूर्ण आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागमा पूर्व व्यवस्थाअनुसार शिक्षक र

विद्यार्थीहरुलाई दिइदैँ आएको हिउँदे बिदा यो वर्ष आ–आफ्नो निकायको अनुकूलता हेरि पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म दिनसकिने गरी स्वीकृति भएको सबैमा जानकारी गराउँछौँ ।

कोरोनाका कारण विगतमा हिउँदे बिदा समेत कटौती गरिएको थियो । २ वर्षसम्म हिउँदे बिदा नदिएको त्रिविले गत वर्ष बढीमा १० दिन मात्रै हिउँदे बिदा दिएको थियो ।

त्रिविले लामो समयपछि स्ववियु चुनाव पनि गराउन खोजिरहेको छ । फागुन २८ गते चुनाव गर्ने गरी त्रिविले तयारी अगाडि बढाएको छ । जसले गर्दा पनि यो वर्षको बिदामा समेत कडाइ गरिएको छ ।

श्रीलाभ सहकारीको सेयर पूँजी तीन करोड बढी
श्रीलाभ बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८/७९ मा रु तीन करोड ११ लाख ५४ हजार दुई सय सेयर पूँजी पु¥याएको छ । संस्थाको आज सम्पन्न ११ औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष ओमप्रसाद उप्रेतीले गत आवमा रु ३६ लाख २७ हजार सेयर पूँजी वृद्धि गरेको जानकारी दिनुभयो ।

संस्थाले रु १५ करोड ४५ लाख ६२ हजार ४२ बचत गरी रु १७ करोड ५० लाख ८८ हजार पाँच सय ६६ ऋण लगानी गरेको छ । गत वर्षको तुलनामा रु ५२ लाख ९६ हजारले घटेको छ भने ऋण लगानी रु ५६ लाख ४० हजारले बढाएको छ ।

सहकारीको कूल सम्पत्ति गत वर्षको तुलनामा रु ४७ लाख ५२ हजारले बढेर रु २४ करोड ८३ लाख ९२ हजार पुगेको छ । सहकारीका छ सय ७१ शेयर सदस्यमध्ये पाँच सय २९ पुरुष र एक सय ४२ महिला सदस्य रहेका छन् । सहकारीले आर्थिक वर्ष २०७८/७९ मा सरकारलाई रु १६ लाख ४३ हजार आठ सय ६५ कर बुझाएको छ ।

संस्थाको जगेडा कोषमा रु दुई करोड पाँच लाख जम्मा गरेको छ भने ऋण नोक्सानी कोषमा रु एक करोड ४० लाख जम्मा गरेको जनाएको छ । संस्थाले सहकारी शिक्षा तथा तालिम कोष स्थापान गरी खूद नाफाको १० प्रतिशत रकम जम्मा गर्दै आएको छ ।

कार्यक्रममा कोषाध्यक्ष छविलाल तिमिल्सिना र लेखा समिति संयोजक जगन्नाथ खनालले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कामनपा–२२ महाबौद्धमा सहकारीले आफ्नै भवन निर्माण गरी गत असार २९ गतेदेखि सेवा शुरु गरेको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व शिक्षामन्त्री एवं सांसद कृष्णगोपाल श्रेष्ठले उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य शर्मिला सुवेदी, जीवनाथ उप्रेती ज्येष्ठ सदस्य कृष्णप्रसाद खरेल र विष्णु कार्कीलाई सम्मान गर्नुभयो ।