पोखरा महानगरमा भोलि बिदा, साँझ दीपावली गरिने !

हाम्रो सन्देश संवाददाता

१६ पुस, काठमाडौं ।

पोखरामा नवनिर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका अवसरमा आइतबार पोखरा महानगरपालिकामा बिदा दिइएको छ । महानगरले आज एक सूचना जारी गरी महानगरपालिका कार्यालय महाशाखा, शाखा ३३ वटै वडा कार्यालय तथा मातहतका सबै विद्यालय तथा शैक्षिक सङ्घ संस्था बन्द हुने जनाएको छ ।

विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन र व्यापक जनसहभागिता गराउन बिदा दिइएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच दशक लामो प्रतिक्षापछि विमानस्थल निर्माण सम्पन्न भएर उद्घाटन हुनु पोखराका लागि उत्सव हो । पोखरेलीको साथ र सहयोगबाट निर्माण भएको विमानस्थलको उद्घाटन समारोहलाई भव्य बनाउन बिदा दिएका हौँ ।”

महानगरले निजी क्षेत्रलाई बिदा दिएर उत्सवमा सहभागी हुन आग्रह गर्दै साँझ घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा अनुरोध गरेको छ । विमानस्थल समुद्घाटन अघि महानगरले बिहान अमरसिंहचौरबाट विभिन्न जातजातिको झाँकी, मौलिक वेषभूषासहितको ¥यालीको आयोजना गरिने जनाएको छ । पोखरा विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भव्य समारोहका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

महिला धावकलाई प्रोत्साहन गर्न पैदल यात्रा
युवा महिला धावकलाई प्रोत्साहन गर्न पैदल यात्रा गरिएको छ । एक्सचेञ्ज एण्ड इम्पावरमेन्ट र मिरा राई इनिसिएटिभको संयुक्त आयोजनामा आज गोकर्णेश्वर नगरपालिकाका कलाकार, पत्रकार र खेलाडीको सहभागितामा १४ किलोमिटरको पैदल यात्रा गरिएको हो ।

धावक मिरा राईले प्रतिभा भएर पनि अवसरबाट बञ्चित खेलाडीलाई सहयोग गर्न यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले भोगेका चुनौती भाइबहिनीले भोग्नु नपर्ने अवस्था सिर्जना गर्र्न मैले सक्दो पहल गरिरहेकी छु । यस कार्यक्रमले उहाँहरूलाई थप सहयोग मिल्ने विश्वास छ ।”

उहाँले मिरा राई इनिसिएटिभमार्फत टे«ल रनिङमा आउन चाहने र सम्भावना बोकेका खेलाडीलाई अवसर र तालिम दिने गरेको बताउनुभयो । “अहिलेसम्म २१ खेलाडीलाई तालिम दिएका छौँ । गत वर्षमात्रै चार जनालाई सहयोग गर्न सक्यौँ । उहाँहरूलाई अन्तर्राष्ट्रिय खेलसम्म पु¥याउन सेतुको काम गरिरहेका छौँ”, उहाँको भनाइ छ ।

पैदल यात्रामा सहभागी कलाकार दयाहाङ राईले खेल महिला धावकलाई प्रोत्साहन दिन सबैले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मिरा राईले आफ्नो खेल क्षेत्रमा बटुल्नु भएको ज्ञान र अनुभव अन्य खेलाडीमा बाँड्ने अभियान प्रशंसनीय छ । खेल क्षेत्र र खेलाडी सँगसँगै हामीले पनि सहभागिता र समर्थन गर्न पाउँदा खुसी छौँ ।” उहाँले खेलाडीलाई प्रोत्साहन मिल्ने अन्य कार्यक्रममा पनि आफू इच्छुक रहेको बताउनुभयो ।

एक्सचेञ्ज एण्ड एमपावर हङकङस्थित परोपकारी संस्थाले मिरा राईको सहकार्यमा साझेदारीमा नेपालका प्रतिभाशाली युवा महिला धावकलाई सक्षम बनाउन अवसर प्रदान गर्दै आएको छ ।