झापाका निराकर पाण्डेको शव नेपाल ल्याउन सहजीकरण गर्न मुख्यसचिवलाई प्रधानमन्त्रीको निर्देशन

हाम्रो सन्देश संवाददाता

१६ पुस, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्वोडियाको एक होटेल क्यासिनोको भीषण आगालागीमा परी निधन भएका झापाका निराकर पाण्डेको शव नेपाल ल्याउन सहजीकरणको ब्यवस्था मिलाउन सम्वन्धित निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले मुख्यसचिवलाई निर्देशन दिँदै शब नेपाल ल्याउन सहजीकरणको ब्यवस्था मिलाउन भनेका हुन् ।

प्रधानमन्त्रीले पाण्डेको शव नेपाल ल्याउन शीघ्र सहजीकरण गर्न सम्वन्धित निकायलाई परिचालनका लागि मुख्य सचिवलाई निर्देशन गर्नुभएको छ, प्रधानमन्त्रीका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।

उक्त घटनामा परी झापाका दिनकरसहित १९ जनाको निधन भएको थियो । घटनाप्रति प्रधानमन्त्रीले गहिरो दुःख समेत ब्यक्त गरेका छन् । प्रधानमन्त्रीले घटनामा परी निधन भएका पाण्डेसहितमा श्रद्दान्जली ब्यक्त गदै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
थाइल्यान्डको सिमानामा रहेको कम्बोडियाको पोइपेट सहरको ग्रान्ड डायमन्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर झापा, बिर्तामोडका निराकर पाण्डेले ज्यान गुमाएका थिए ।

निराकार थाइल्यान्डबाट घुम्न भनेर कम्बोडिया पुगेका थिए। उनी होटलको १२ औं तल्लामा बसेका थिए। आगलागी भएपछि होटलबाट बाहिर निस्कने खोजे पनि असमर्थ भएका थिए। त्यसपछि उनले होटेल क्यासिनोको १२ औं तलाबाट हाम फालेका थिए । त्यही क्रममा उनको निधन भएको थियो ।

कम्बोडियामा ज्यान गुमाएका निराकर पाण्डेका दाजु निरज पाण्डे।

आगोको घेरामा फसेका निराकरले उद्धार हुने आश नदेखेपछि होटलको १२ औं तलाबाट हाम फाले। दाजु निरजले कम्बोडियाको मिडियामा प्रकाशित भएको एउटा फोटो भेटेका छन्।

‘होटलको झ्यालमा एक हातमा टर्चलाइट र अर्कोमा मोबाइल बोकेको र झोला भिरेको फोटो छ,’ निरजले भने, ‘विदेशबाट बाकसमा लास आउँछ भन्ने सुनेका थियौं। आफ्नै परिवारमा यस्तो घटना भयो।’

भाइले अन्तिम समयमा भनेका कुरा निरजको दिमाग फनफनी घुमिरहेको छ— आमालाई हेर्नू, परिवारलाई हेर्नू, मेरो बालख छोराको ख्याल गरिदिनू ल। भिडिओ कुराकानी हुँदै गर्दा बीचबीचमा नेटवर्क टुट्थ्यो। त्यो बेला निराकारले आफ्ना छोराका लागि भनेर भिडिओ क्लिप खिचेर पठाएका थिए।

ती भिडिओ क्लिपमा साइरनको आवाज सुन्न सकिन्छ। उनी बोल्दै गर्दा कोठामा धुवाँ भरिएको पनि देखिन्छ। निरजका अनुसार निराकारले केही साथीहरूलाई पनि सम्पर्क गरेका रहेछन्। उनले साथीहरूलाई आफूलाई केही भए, आफ्नो लास नेपाल पठाइदिन भनेका थिए।

‘अब भाइ फर्केर आउँदैन, उसको बालख छोरालाई कसरी के भन्ने भइरहेको छ,’ निरजले भने।