प्रचण्ड, रबि लामिछानेको कमाल, यस्ता व्यक्तिलाई मात्रै मन्त्री बनाउने भए ?

हाम्रो सन्देश संवाददाता

१४ पुस, काठमाडौं ।

सातदलीय गठबन्धनमा विषय विज्ञलाई मन्त्री बनाउने विषयमा छलफल भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रीपरिषद् विस्तार गर्दा अब बन्ने मन्त्री विषय विज्ञ हुनुपर्नेमा छलफल भइरहेको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकपछि उनले अब क्षमताका आधारमा दलहरूले सरकारमा मन्त्री पठाउने जानकारी दिए ।

रविले भने, ‘मन्त्रिमण्डल विस्तारबारे छलफल भइरहेको छ । यसपटक विषयविज्ञ भए भने राम्रो हुन्छ । एउटा मन्त्रालय सम्हालेको व्यक्तिले तुरुन्त अर्को मन्त्रालय सम्हालेको पछिल्लो परिपेक्ष छ । त्यसलाई मिनिमाइज गर्ने समझदारीको प्रयास गरिरहेका छौँ ।’

मन्त्रीपरिषद् विस्तारको विषयमा व्यापक छलफल भइरहेकाले अझै केही समय लाग्ने उनको भनाइ छ ।मन्त्री लामिछानेले भने, ‘विश्वासको मत अगाडि हुन्छ वा पछाडि भन्ने समयलाई ध्यानमा राखेर छलफल भएको छैन । संवाद गर्दै जाँदा पछाडि पनि जान सक्छ । तर, हामीले त्यो मितिलाई ध्यानमा राखेका छैनौँ ।’

राष्ट्रपतिदेखि मुख्य संवैधानिक पदहरू प्याकेजमै मिलाउनेबारे छलफल भइरहेको बताए । उनले भने, ‘हाम्रो प्रदेशमा त छैन । तर, सत्ता साझेदार दलहरूको प्रदेशमा उपस्थिति छ । त्यसैले राष्ट्रपतिदेखि प्रदेशको मुख्यमन्त्रीसम्म प्याकेजमा समझदारी बनाउने प्रयास भइरहेको छ ।’

रामचन्द्र पौडेलको भाग्यमा नलेखिएको त्यो ‘उच्च ओहदा’
आस्तिकहरु जीवनकालमा भोग्नुपर्ने दुःख र प्राप्त हुने लाभ जन्मदै निधारमा लेखिएको विश्वास गर्छन् । कसको निधारमा के लिएको हुन्छ त्यो त जीवनकालभर कसैले पनि देख्दैनन् । तर, पनि विश्वास गर्नेहरू गर्छन् ।

र, आस्तिकहरू भाग्यमा विश्वास गर्छन् । जीवन कालमा कसैले राम्रो सफलता पाए ‘भाग्यमानी रहेछ’ भन्छन्, कसैले केही प्राप्त गर्न नसके ‘अभागी रैछ’ भन्छन् ।नास्तिकहरूले विश्वास गर्ने भौतिकवादको कुरा थोरै पर राखेर आस्तिकहरूकै विश्वासलाई नै आधार मान्ने हो भने वरिष्ठ राजनीतिज्ञ रामचन्द्र पौडेको निधारमा ‘उच्च ओहदा’ लेखिएकै रहेनछ !

त्यसो त रामचन्द्र भाग्यकै कुरा मानेर त्यतिकै जीवनकालको उर्वर समय व्यतीत गरेका व्यक्ति होइनन् । भौतिकवादीहरू झै उनले पनि राजनीतिमा श्रम र पसिना बगाएका छन् । तर, रामचन्द्रकाे हकमा आस्तिक र नास्तिक दुवैको फर्मुला काम लागेन ।

समकालीनमध्ये अथाह चाहना राख्दा पनि प्रधानमन्त्री बन्न नसकेका राजनीतिज्ञ हुन्, रामचन्द्र । जित्नै नसक्ने अवस्थामा पार्टीले प्रधानमन्त्रीको उम्मेदवार बनायो र १७ पटक हरायो । यो भन्दा दुखान्त उनको राजनीतिक जीवनमा अरु छैन सायद । तर, अब थपियो ।

पार्टीभित्र गुट चलाए पनि बलियो बनाउन नसकेका रामचन्द्रले आशा भने मारेनन् । पार्टीको १४औं महाधिवेशनमार्फत सभापति निर्वाचित हुँदै प्रधानमन्त्री बन्ने चाहनालाई निरन्तरता दिए । तर, त्यो पनि सम्भव भएन । अन्त्यमा प्रतिस्पर्धी शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपतिको सम्भावना र आशा बाँकी राखे ।

उमेर र राजनीतिक जीवनको उत्तरार्द्धमा पनि रामचन्द्र युवा जोससहित निर्वाचनमा होमिए । जिते पनि । परिणामले कांग्रेसलाई पहिलो पार्टी पनि बनायो । र, रामचन्द्रको राष्ट्रपति बन्ने चाहनामा थप आशा र सम्भावना बढ्यो ।

सरकार गठनको गन्थन सुरु भएदेखि नै रामचन्द्र सकारात्मक ऊर्जासहित सक्रिय भूमिकामा प्रस्तुत भए । उनलाई आशा थियो– ‘माओवादीले प्रधानमन्त्री पाउँदा कांग्रेसको भागमा राष्ट्रपति पर्छ र राष्ट्रपति हुन्छ ।’

​​​​​​​रामचन्द्रको आशा र विश्वासमा समस्या थिएन । र, शतप्रतिशत जस्तै सम्भावना थियो । तर, जब परिस्थितिले प्रचण्डलाई बालुवाटारबाट बालकोट पुर्यायो तब रामचन्द्रको सपनामा पुनः एकपटक चिसो पानी खनियो ।

सिधा हिसाबमा अब निवर्तमान बनेको सत्ता गठबन्धनबीच लेनदेन हुँदा माओवादीले प्रधानमन्त्री पाए कांग्रेसले राष्ट्रपति पाउथ्यो । त्यस्तो अवस्थामा रामचन्द्र राष्ट्रपति हुन्थे । तर, समीकरण फेरियो । अब एमालेका अरु नै कोही राष्ट्रपति बन्ने छन् ।

सरकार गठनको गतिविधि सुरु भएसँगै देउवा र प्रचण्ड दुवैले प्रधानमन्त्री दावी गरे । त्यसपछि देउवा–प्रचण्ड मिलाउन रामचन्द्रले अदम्य प्रयास गरे । त्यसै क्रममा प्रचण्डबाट थप आशा पाए ।प्रचण्डलाई तपाईँहरू मिल्नुस् भन्न पुगेका रामचन्द्रलाई प्रचण्डले ‘तपाईं राष्ट्रपति हुने हो म प्रधानमन्त्री’ भन्दै आशाको भारी बोकाएर पठाए ।

प्रचण्डले भने झै र रामचन्द्रले सोचे झै प्रचण्ड प्रधानमन्त्री र रामचन्द्र राष्ट्रपति सम्भव थियो । तर, देउवाको मनमा पुनः प्रधानमन्त्री बनेर राज गर्ने लालच पलाउँदा रामचन्द्रको सपना पुनः अलपत्र भयो ।

नेपाली राजनीति र कांग्रेसमा रामचन्द्र कमजोर नै भए पनि इमानजमान गुमाएका वा अरु जस्तो अरुबाट कुरा काटिने राजनीतिज्ञ होइनन् । चाहेजस्तो सफलता नपाए पनि निरन्तर लागिपर्ने इमानजमान भएका नेतै मानिन्छन् ।

रामचन्द्र उमेर र अनुभवका दृष्टिमा पनि पाका हुन् । सम्भवतः आगामी निर्वाचनमा उम्मेदवार पनि बन्दैनन् । भोट माग्दै पनि ‘यो अन्तिम पटक हो’ भनिसकेका छन् । त्यसैले यसपटक जसरी पनि राष्ट्रपति बन्ने उनको चाहना थियो ।

रामचन्द्रले आफूलाई प्रधानमन्त्रीको रूपमा देख्न छोडिसके । किनकी, उनले प्रधानमन्त्री बन्न आन्तरिक शक्ति गुमाइसकेका छन् । यस्तो अवस्थामा आफ्नै बुतामा प्रधानमन्त्री सम्भव हुँदैन । त्यसैले, एकपटक राज्यलाई अभिभावकत्व प्रदान गरेर राजनीतिबाट बिदा हुने रामचन्द्रको अन्तिम चाहना थियो ।

उही कुरा, आस्तिकहरुको विश्वास झै रामचन्द्रको निधारमा ‘उच्च ओहदा’ लेखिएकै रहेनछ ! राष्ट्रपति बन्ने शतप्रतिशत सम्भावना भएर पनि सम्भव भएन । बाँकी दिनमा त झन के सम्भव होला र !