अन्ततः बालकोटको बार्दलीमा प्रचण्ड पनि, ओलीसँगै उभिएर गरे अभिवादन

हाम्रो सन्देश संवाददाता

१० पुस, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। यो सहमतिसँगै शीर्ष नेताहरु प्रधानमन्त्रीमा दाबी पेश गर्न राष्ट्रपति निवास पुगेका छन्।

शीतलनिवास प्रस्थान गर्नुअघि ओली र प्रचण्डले ओली निवासको बार्दलीबाट संयुक्त अभिवादन गरेका थिए। यसअघि ओली सरकार ढलेपछि उनले बालकोटको बार्दलीबाट अभिवादन गरेको विषयमा कटाक्ष हुने गरेको थियो। प्रचण्डले समेत कैयौं पटक आफ्नो भाषणमा ओलीलाई बार्दलीमा पुर्‍याइदिएको अभिव्यक्ति दिँदै आएका थिए।

बालकोटमा स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादीका वरिष्ठ नेता अशोक राई लगायतको बैठक बसेको थियो। उनीहरुबीच वार्ता चलिरहँदा जनमत पार्टीका अध्यक्ष सिके राउत पनि मिसिएका थिए। यस्तै, नागरिक उन्मुक्तिको पार्टीले पनि प्रचण्डलाई समर्थन गर्ने भएको छ।

एमाले महासचिव शंकर पोखरेलले १६६ जना सांसदको समर्थनमा सरकार गठन हुने दाबी गरे। प्रधानमन्त्रीबाहेक बाँकी पदहरुको बारेमा भने आगामी बैठकहरुमा छलफल गर्ने उनले बताए।

बालकोटमा भएको छलफलमा प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो । प्रचण्ड सरकारमा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत सहभागी हुँदैछन् ।

सुदूरपश्चिममा संसदीय दलको नेताका लागि आकांक्षीको दौडधूप
सुदूरपश्चिम प्रदेशसभामा हालै सम्पन्न निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संसदीय दलको नेताको आकांक्षीमा पाँचजना देखिनुभएको छ ।

कांग्रेसबाट प्रदेशसभामा १२ जना प्रत्यक्ष निर्वाचित भएका थिए । कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित प्रदेशसभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह विष्ट, प्रकाशबहादुर देउवा, कमलबहादुर शाह र मेघराज खड्काले संसदीय दलको नेताका लागि दाबी गरेका छन् ।

यस्तै दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको नेतामा खगराज भट्ट र ओमविक्रम भाटको चर्चा छ । ण्तेस्रो ठूलो दल नेकपा (एमाले) को संसदीय दलको नेतामा भने धर्मराज पाठक र राजेन्द्रसिंह रावलको चर्चा छ । उहाँहरु दुवै जना समानुपातिक प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी, लक्षमणकिशोर चौधरी र टीका थापाको नाम चर्चामा छ ।

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसबाट १९, माओवादीबाट ११, एमालेबाट १० र नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । यस्तै नेकपा (एकीकृत समाजवादी)का चार र राप्रपाका एक जना निर्वाचित हुनुभएको छ । स्वतन्त्र उम्मेदवारी दिनुभएका डा तारा जोशी पनि प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नागरिक उन्मुक्ति र राप्रपाको पहिलो पटक प्रदेशसभामा प्रतिनिधित्व हुनलागेको हो ।

यस अघिको प्रदेशसभामा प्रतिनिधित्व रहेको जनता समाजवादी पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टी भने प्रदेशसभाको दोस्रो कार्यकालमा बाहिरिएको छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा दुवै दलबाट कोही पनि विजयी भएनन् । प्रदेश सरकारको नेतृत्वका लागि कांग्रेस र माओवादी केन्द्रको दाबी छ ।

“अधिकां विजयी प्रदेशसभा सदस्य काठमाडाँैं पुग्नुभएको छ”, प्रदेशसभा सदस्य प्रकाशबहादुर बमले भन्नुभयो, “

यसैबीच प्रदेशसभाका नवनिर्वाचित सदस्यलाई यही पुस १५ गते शपथग्रहण गर्ने तयारी भइरहेको छ । प्रदेशसभाका ज्येष्ठ सदस्यले प्रदेश प्रमुखबाट शपथ लिएपछि ज्येष्ठ सदस्यले अन्य ५२ सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुहुने बताइएको छ ।

अछामबाट कांग्रेसबाट निर्वाचित ६८ वर्षीय मानबहादुर रावल प्रदेशसभा सदस्य हुनुहुन्छ । प्रदेशसभा सचिवालले शपथग्रहण र प्रदेशसभाको बैठक सञ्चालनका लागि गर्नुपर्ने व्यवस्थापकीय तयारी पूरा गरिसकेको सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयो ।

बैठक सञ्चालनका लागि प्रदेशसभा हललाई सजिसजाउ पारिएको छ । यस क्रममा प्रदेशसभा भवनको बैठक कक्षमा राखिएका कुर्सी, टेबुल र माइक पुनः जडान गरिएका छन् । “सचिवालयले प्रदेश प्रमुख र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलसँग समन्वय गरेर शपथ ग्रहण र बैठक सञ्चालनको तयारी गरिरहेको छ”, उहाँले भन्नुभयो ।

सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ जना निर्वाचित हुनुभएको छ । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट पुरुष ३५ र महिला १८ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।