देउवा पक्षका सांसदहरु धमाधम गगनको पक्षमा खुल्दै , देउवालाई नसोचेको झड्का !

हाम्रो सन्देश संवाददाता

५ पुस, काठमाडौं ।

सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक राजनिति निकै रोचक बन्दै गएको छ । संसदीय दलको भोली हुने निर्वाचनमा पार्टी सभापती शेरबहादुर देउवा र गगन थापा विचको प्रतिष्पर्धा निकै रोचक बन्दै गएको छ ।

संस्थापन समूहबाट शेरबहादुर देउवा र संस्थापन इतर समुहबाट गगन थापा आधिकारिक उम्मेदवार बने पछि खेल निकै रोचक मोडमा पुगेको छ । संस्थापन इतर समूहबाट प्रधानमन्त्रीमा दाबी गरिरहेका शेखर कोइरालाले गगन थापालाई समर्थन गरे पछि खेल रोचक बनेको हो ।

यस अघि सिटौला गुटमा रहँदै देउवा पक्षबाट १४ औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार बनेका प्रदिप पौडेल पनि अन्तत गगन थापाकै समर्थनमा खुलेका छन् । गगन थापा ,विश्वप्रकाश शर्मा र प्रदिप पौडेल एकै ठाउँमा आए पछि काग्रेसका युवाहरुमा वेग्लै खालको खुशियाली संचार भएको छ ।

प्रदीप पौडेल , विश्वप्रकाश शर्मा र धनराज गुरुङ गगन थापाका समर्थक बनेका छन् भने शेखर कोइराला गगनका प्रस्तावक बनेका छन् । काग्रेसका युवाहरु एक ठाउँमा आए पछि देशभरका काग्रेस युवाहरु खुशि देखिएका छन् । रामचन्द्र पौडेल र शशांक कोइराला भने शेरबहादुर देउवा तिर खुलेका छन् ।

देउवाको प्रस्तावक रामचन्द्र पौडेल बसेका छन् भने समर्थक पूर्णबहादुर खड्का छन्। उता थापाको प्रस्तावक शेखर कोइराला र समर्थकमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल बसेका छन्।संस्थापन इतर समूहबाट शेखर आफैँ संसदीय दलको नेताको उम्मेदवार बन्ने तयारीमा थिए। मङ्गलवार बिहान भएको छलफलमा १५ औँ महाधिवेशनमा पनि गगनले शेखरलाई नै सभापतिमा सहयोग गर्ने सहमति भएपछि शेखरले गगनको नाम प्रस्ताव गरेका हुन्।

गगनको नाम सर्वसम्मत भए लगत्तै प्रकाशमान सिंह समूहका महामन्त्री विश्वप्रकाश शर्मा गगनको पक्षमा खुले भने उता १४ औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको समूहबाट देउवा प्यानलमा बसेर महामन्त्रीको उम्मेदवार बनेका प्रदीप पौडेल समेत गगनको पक्षमा खुलेका छन्।

तटस्थ बस्ने दाबी गरेका रामचन्द्र पौडेल अन्तिम समयमा आएर देउवाको पक्षमा खुलेका छन्। डा शशाङ्क कोइराला समेत देउवाको पक्षमा देखिएका छन्।नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवार मनोनयन हुँदै गर्दा कृष्ण सिटौला र डा। शशांक कोइरालानिकट दुई सांसद गगन थापाको पक्षमा खुलेका छन् ।

सिटौला समूहका एकमात्र सांसद प्रदिप पौडेल गगन थापाको समर्थक बस्दा सशांकनिकट दीपक गिरी पनि गगनको पक्षमा उभिएका हुन् । उनी पार्टीको महाधिवेशनमा शेखर समूहबाटै सहमहामन्त्री उम्मेदवार बने पनि सशांकनिकट मानिन्छन् ।अब शशांकनिकट सांसद विष्णु कार्कीले के गर्छन् भन्ने तय भएको छैन । शशांकले भने देउवालाई समर्थन गर्ने बताएका छन् । देउवा पक्षकै करिब आधा दर्जन सांसदले गगनलाई मत दिने दाबी सो समूहको छ ।