रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

हाम्रो सन्देश संवाददाता

२८ मंसिर, काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । लामिछानेको नागरिकता विवादको विषयलाई लिएर रिट परेको हो ।

युवराज पौडेल (सफल)ले निर्वाचन आयोगसहित ५ जनालाई विपक्षी बनाउँदै सो मुद्दाको किनारा नलाग्दासम्म लामिछानेलाई प्रतिनिधिसभा प्रवेशमा पनि रोक लगाउ माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार रिटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने पार्टी सभापतिबाट समेत हटाउन माग गरिएको छ ।

यो रिटमाथि सुनुवाइका लागि पुस ६ गते संवैधानिक इजलासमा पेसी तोकिएको पौडेलले जानकारी दिए ।

पौडेलले दायर गरेको रिटमा मतदान गर्ने, उम्मेद्धार बन्ने र राजनैतिक दल खोल्ने अधिकार केवल नेपाली नागरिकलाई मात्रै प्रदान गरिएकोले लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र सदस्यता गैर कानूनी घोषणा गर्न माग गर्दै सो

हैसियतमा प्राप्त गरिएको सम्पूर्ण लाभ अर्थात् मतदाता भएर गरिएको मतदान, निर्वाचनमा भएको उम्मेदवारी र त्यस्तो उम्मेदवारीका आधारमा प्राप्त सांसद पद ९प्रतिनिधि सभा सदस्य० समेत उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।