१० लाखमा बिक्री भयो सलोन बस्नेत र करिश्मा केसीको भिडियो

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

नायक सलोन बस्नेत र उनका पिता शोभित बस्नेत चलचित्र बनाउन मात्र होइन, मार्केटिङ गर्न पनि माहिर छन् । यसैले, त नेपाली चलचित्रका सेलिब्रिटीहरुले भन्दा तरिकाले सलोन र करिश्मा केसीको बिहेको भिडियोको डिजिटल राइट्स बिक्री गरिएको छ ।

शोभित र सलोनले ओएसआर डिजिटललाई ४ वटा भिडियो बिक्री गरेका छन् । जसमा, सलोन र करिश्माको ‘राजा रानी’ बोलको गीतको भिडियो छ । यस्तै, सलोन र करिश्माको मेहेन्दी सेरेमोनी, बिहे र पार्टीको भिडियो १० लाख रुपैयाँमा एमजी गरेर बिक्री गरिएको शोभित बस्नेतले बताएका छन् ।

शोभितका अनुसार, ओएसआरले उनीहरुलाई ४ वटा भिडियोको अधिकार लिए वापत १० लाख रुपैयाँ दिएको छ । अब, यो रकम उठेपछि भने सलोनले ७० र ओएसआरले ३० प्रतिशत शेयर पाउनेछन् ।

नेपाली कलाकारहरुले आफ्नो बिहेको भिडियो आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्दै आएका छन् । तर, सलोन र करिश्माले भने डिजिटल राइट्स नै बिक्री गरेका छन् ।

दयाहाङ र प्रकृतीको ‘बिहे पास’ यो मितीमा हुने !
काठमाडौं- चलचित्र ‘बिहे पास’लाई आउँदो बर्षको पहिलो दिनबाट रिलिज हुने भएको छ । प्रवेश पौडेलको निर्देशनमा तयार भएको चलचित्रको फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गर्ने तयारीमा यसको निर्माणपक्ष रहेको छ ।

फिल्म ‘बिहे पास’मा दयाहाङ राई र प्रकृती श्रेष्ठ मुख्य भूमिका रहेको छ । फिल्ममा प्रकृती दयाकी श्रीमतिको रुपमा देखिएकी छिन् । प्रकृतीले फिल्म ‘उत्सव’मा काम गरेको ७ बर्षपछि यो फिल्ममा काम गरेकी थिइन् ।

फिल्मको छायांकन विराटनगरमा गरिएको हो । रोहित कट्टेलको प्रस्तुति रहेको यो फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् भने सह–निर्मातामा ग्याल्जेन लामा छन् । फिल्मलाई आकाश बराल, सजन काफ्ले र मर्रे केरले लेखेका हुन् ।

यो पनि पढ्नुहोस- साम्राज्ञी शाह स्टारर नेपाली फिल्म ‘लण्डन टु पेरिस’को छायांकन पेरिसको आइफिल टावरमा हुने : पेरिसको आइफिल टावरमा साम्राज्ञी शाहको फिल्म छायांकन हुने भएको छ । फ्रान्सको राजधानी पेरिसस्थित प्रसिद्ध आइफिल टावरमा साम्राज्ञी शाह स्टारर नेपाली फिल्म ‘लण्डन टु पेरिस’को छायांकन हुने भएको हो ।

फिल्मको बाँकी २५ प्रतिशत छायांकन अर्को सातादेखि पेरिसका विभिन्न थलोमा हुने निर्देशक घनश्याम लामिछानेले बताए ।फिल्म छायाकंनका लागि साम्राज्ञी र निश्चल खड्का अर्को साता पेरिस उड्दैछन् ।

फिल्मको अघिल्लो चरणको छायांकन बेलायतमा भइसकेको छ ।लभस्टोरी फिल्म भएकाले हामी भ्यालेन्टाइन्स डेकै अवसर पारेर फागुन ५ गते रिलिज हुने बताइएको छ । फिल्ममा कबीर खड्का र गरिमा शर्माको समेत प्रमुख भूमिका छ ।