धर्नामा बसेका कानुन व्यवसायीमाथि चोलेन्द्र समर्थकबाट जुत्ता प्रहार

हाम्रो सन्देश संवाददाता

२१ मंसिर, काठमाडौं ।

बुधवार प्रधानन्यायाधीशको निलम्बन फुकुवा भएका चोलेन्द्र समसेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन धर्नामा बसिरहेका कानुन ब्यवसायीहरुलाई राणाका समर्थक बताउने तारा बरालले जुत्ता प्रहार गरेकी छिन्।

अदालतको गेटभित्र नेपाल बार एसोसिएसनको नेतृत्वमा धर्ना भइरहेको छ। गेट बाहिर राणाको पक्षधरहरू भेला भइरहेका छन्। सर्वोच्च प्रशासनले प्रहरीलाई आफ्नो अनुमतिबिना राणालाई अदालतमा प्रवेश गर्न नदिन निर्देशन दिएको छ।

तर राणा सर्वोच्चमा हाजिर गर्न पाउनुपर्ने भन्दै कानुन ब्यवसायीहरुलाई लक्षित गरेर जुत्ताले हानेकी थिइन्। उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेका छन्।

सरकार र वकिलहरुको अवरोधपछि सर्वोच्चमा हाजिर गर्न आएनन् चोलेन्द्र सरकार र वकिलहरुको अवरोधपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बुधबार सर्वोच्च अदालत फर्किन सकेनन्।

संसद सचिवालयका महासचिव भरतराज गौतमले २०७८ फागुन १ गते संसदमा दर्ता महाअभियोग निष्क्रिय भएको पत्र दिएपछि चोलेन्द्र सर्वोच्च फर्किने तयारीमा थिए।

तर चोलेन्द्र फर्किने खबर पाएपछि सर्वोच्चमा फुलकोर्ट बसेको थियो भने नेपाल बारका पदाधिकारीको पनि बैठक भयो।

बारका पदाधिकारीहरु बैठकलगत्तै चोलेन्द्रलाई रोक्न सर्वोच्चको गेटमा धर्ना बसे। संसद सचिवालयले महाअभियोग निष्प्रभावी भइसकेको पत्र दिए पनि सरकारले उनलाई सर्वोच्च छिर्न नदिन निर्देशन नै दियो।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई जबरा बालुवाटारबाट आएर सर्वोच्चमा छिर्न खोजे रोक्न निर्देशन दिएको थियो।

खानेपानीको महसुल छुटका लागि उपभोक्ता समितिसँग सम्झौता
भरतपुर महानगरपालिकाले खानेपानी महसुल छुटका लागि महानगरभित्र रहेका खानेपानी उपभोक्ता समिति र खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेको छ । महानगर प्रमुखमा दोस्रो कार्यकाल निर्वाचित भएसँगै प्रमुख रेनु दाहालले सात हजार लिटरसम्म उपभोग गर्ने उपभोक्ताको शुल्क महानगरले बेहोर्ने निर्णय गर्नुभएको थियो । सोही निर्णय कार्यान्वयनमा ल्याउनका लागि आज उपभोक्ता समिति र बोर्डसँग सम्झौता गरिएको हो ।

महानगरपालिकाभित्र रहेका १० वटा उपभोक्ता समिति र खानेपानी व्यवस्थापन बोर्डसँग एक कार्यक्रमका बीच सम्झौता गरिएको हो । सम्झौतापत्रमा भरतपुर महानगरपालिकाका तर्फबाट वन, वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका सिनियर डिभिजन इन्जिनियर लक्ष्मीप्रसाद भण्डारी र उपभोक्ता समितिका अध्यक्षहरूले हस्ताक्षर गरेका छन् । महानगर प्रमुख दाहाल, उपप्रमुख चित्रसेन अधिकारीको रोहबरमा सम्झौता गरिएको हो । सम्झौतासँगै महानगरपालिकाले गरेको निर्णय यही मङ्सिरदेखि कार्यान्वयनमा आउने भएको छ ।

सम्झौता कार्यक्रममा महानगर प्रमुख दाहालले आगामी दुई वर्षमा महानगरवासीलाई खानेपानीको समस्या नहुने गरी योजना अघि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “ठूला आयोजना निर्माणको चरणमा रहेका छन् । जसले गर्दा केही समयमा महानगरवासीले खानेपानीको समस्या झेल्नुपर्दैन ।” अहिले महानगरभित्र खानेपानी बोर्ड र खानेपानी उपभोक्ता समितिका गरी ४५ हजार दुई सय ३ वटा धारा जडानको काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । सतचालीस हजार ५० धारा जडानको क्रममा रहेको सो अवसरमा जानकारी दिइएको थियो ।

महानगर उपप्रमुख अधिकारीले महानगरका तीन स्थानमा खानेपानी आयोजना निर्माणको चरणमा रहेको र छिट्टै सम्पन्न हुने बताउनुभयो । दुई वर्षभित्र महानगरका हरेक घरधुरीमा खानेपानीको धारा जडान सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको उहाँको भनाइ थियो । पहाडी क्षेत्रमा डिप बोरिङबाट खानेपानीको समस्या समाधान हुन नसकेको भन्दै उहाँले पहाडी क्षेत्रमा मुहानको पानीको व्यवस्था गर्ने तयारी गरिएको बताउनुभयो । कार्यक्रममा मेघौली खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवलाल भुर्तेल र खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापती पराजुलीले महानगरको यो कार्य प्रशंसनीय रहेको बताउनुभयो ।