सिरहाबाट कटुवा पेस्तोलसहित दुई जना पक्राउ

हाम्रो सन्देश संवाददाता

१५ मंसिर, सिरहा।

गोलबजार नगरपालिका-११ बलकवा मैनाबती पुलबाट बाह्रबोरको एक थान कटुवा पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

बुधबार राति प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा गोलबजार नगरपालिका-४ बस्ने १९ वर्षीय कृष्णा कुमार यादव र सोही नगरपालिका-११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन्।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो। उनीहरूमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।