सुन चाँदीको भाउ फेरि बढ्यो, कति पुग्यो हेर्नुहोस !

हाम्रो सन्देश संवाददाता

१५ मंसिर, काठमाडौं ।

सुन चाँदीको भाउ फेरि बढ्न थालेको छ ।

आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा पुगेको छ ।

यस्तै, चाँदीको पनि आज भाउ बढेको छ ।

चाँदी आज तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा पुगेको नेपा सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।