पुनः मतदानको माग राख्दै किन​ आयोग पुग्यो एमाले ?

हाम्रो सन्देश संवाददाता

१३ मंसिर, काठमाडौं ।

एमाले महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोली निर्वाचन आयोगमा गएको छ। स्याङ्जा र बाजुरामा पुनः मतदान तथा दोलखाका वि’वादित केन्द्र थप्नुपर्ने माग राख्दै एमालेका नेताहरूको टोली आयोगमा गएको हो।

यस्तै उनीहरूले काभ्रे १ (ख) मा पुनः मतदान र सुनसरीमा मन्त्रीको दबा’बमा रोकिएको मतगणना सुचारु गर्न आयोगसँग माग गरेका छन्। एमालेले उदयपुरमा केही ठाउँमा अस्वभाविक मतदान भएकाले ती वि’वादित ठाउँमा समेत पुनः मतदान गर्न माग गरेको छ।

यो पनि : निर्वाचनमा बालबालिका प्रयोग गर्ने सत्तारुढ गठबन्धन पहिलो, १८ जना कलाकार मात्रै

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा २ सय १६ घट”नामा बालबालिका प्रयोग गरिएको प्रतिवेदन सार्वजनिक भएको छ । आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार सत्तारुढ गठबन्धनले सबैभन्दा बढी बालिबालिकालाई प्रयोग गरेको छ भने एमालेले पनि उत्तिकै मात्रामा बालबालिका प्रयोग गरेको प्रतिवेदन सार्वजनिक गरिएको हो ।

बालबालिकाको क्षेत्रमा कार्यरत बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) का राजेश शर्माका अनुसार लोकतान्त्रिक बाम गठबन्धनबाट ९८, नेकपा (एमाले) बाट ७१ वटा, अन्य सात राजनीतिक दलहरूबाट ३४ वटा र स्वतन्त्र उम्मेदवारबाट १३ वटा घटनामा बालबालिकालाई प्रयोग गरिएको थियो ।

जसमध्ये दुई सय १६ घटनामध्ये एक सय ४४ वटा प्रचार प्रसार र्यालीको क्रममा प्रयोग गरिएको थियो भने २८ जनालाई कलाकारको रूपमा प्रयोग गरिएको थियो । आमसभामा १८ वटामा बालबालिका लगेका राजनीतिक दलले घरदैलो कार्यक्रममा १२ वटा घ’टनामा बालबालिकाको प्रयोग गरिएको शर्माले बताए ।

यो पनि : उदयपुर १ मा मतगणना गर्न निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा रोकिएको मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको छ । प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र भेटिएपछि नेपाली कांग्रेस र एमालेले विभिन्न माग राखेर मतगणना रोकेका छन् । एमालेले पुनः मतदानकै माग गरेको छ भने कांग्रेसले पुनः मतगणना गर्नुपर्ने बताउँदै आएको छ ।

विवाद बढ्दै गएपछि यो विषय निर्वाचन आयोगसम्म पुगेकोमा आयोगले सोमबार पत्र पठाएर मतगणनालाई निरन्तरता दिन उदयपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट डा. नारायण खड्का र एमालेको तर्फबाट मन्जुकुमारी चौधरी प्रतिस्पर्धामा रहेकोमा छन् । त्यहाँ कांग्रेसका खड्काले अग्रता कायम गरेका छन् ।