भारतीय राजदूतको दौडधुप बढयो, देउवा- प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता

हाम्रो सन्देश संवाददाता

१० मंसिर, काठमाडौं ।

नेपालमा नयाँ चुनाब सकिएर मत परिणाम आईरहदा र नयाँ सरकार समीकरणको प्रष्ट चित्र निर्वाचनले नदेखाएको बेला भारतीय राजदूत नवीन श्रीवास्तवको दौड धुप सुरु भएको छ ।

उनले आज दिउँसो प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास खुमलटार र दिउँसो ४ बजे पछि माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड सग भेटवार्ता गरेका छन् ।

काङ्ग्रेस र माओवादी गठबन्धन गरेर चुनावमा गएपनि उनिहरुले चाहेजस्तो गठबन्धनको प्रष्ट बहुमत नआएको र चुनाबमा माओवादीले दिल खोलेर भोट दिए पनि काङ्ग्रेसले माओवादी लगायत गठबन्धनलाई मत दिनुभन्दा रबि लामिछाने नेतृत्वको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लाई कतिपय स्थानमा सहयोग गरेको, कतिपय स्थानमा एमालेलाई पनि सहयोग गरेको र चुनाबमा गठबन्धन आफुसग गरेर भित्र भित्र असहयोग गरेको भन्दै मन खिन्न बनाईरहेको माओवादीले नयाँ सरकार निर्माणमा के गर्ला ? भन्ने प्रश्न जन्मिरहेको बेला आजै बिहान चुनाब पछि पहिलो पटक प्रधानमन्त्री देउबा र प्रचण्ड बीच बालुवाटारमा भेट्वार्ता भएलगतै भारतीय राजदूतको दौडधुप सुरु भएको हो ।

देउबा र प्रचण्डकाबीचमा चुनावी समिक्षा तत्कालै गठबन्धन बैठक बोलाएर गर्ने र आगामी दिनमा पनि गठबन्धनमा रहेका दलहरु ईन्टत्र्याकमा रहिरहने र सरकार निर्माण गठबन्धन भित्रैबाट बनाउने गरी छलफल चलेको थियो ।

यो छलफल लगत्तै भारतीय राजदुत प्रधानमन्त्री भेट्न् बालुवाटार पुगेका हुन । देउबासग रजदुतले भेट् गरेको कुराको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीले पुस्टी गरेका छन ।

प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको र राजदूत श्रीवास्तवले आगामी सरकार निर्माण र सत्ता समीकरणबारे प्रधानमन्त्रीसग चासो राखेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार सुवेदीले जानकारी दिए ।

जवाफमा प्रधानमन्त्रीले निर्वाचनको सबै परिणाम आई नसकेकोले अहिले नै त्यसबारे कुनै निर्णय र छलफल नचलेको बताएको पनि सुबेदीले जानकारी दिए ।

देउबासगको भेट् लगत्तै भारतीय राजदूत श्रीवास्तब माओवादी अध्यक्ष प्रचण्ड भेट्न् प्रचण्ड निवास खुमलटार पुगेका थिए । प्रचण्ड निकट स्रोतका अनुसार त्यहाँ पनि राजदूत श्रीवास्तबले देउबासग जस्तै चासो देखाएका थिए । तर प्रचण्डले पनि देउवाकै जस्तो जवाफ राजदूतलाई दिएका थिए ।

राजदूत श्रीवास्तबले चुनाब अघि रहेको सत्ता गठबन्धन कायम रहने / नरहने विषयमा पनि चासो राखेको स्रोतको भनाई छ ।

राजदूत श्रीवास्तबले एमाले अध्यक्ष केपी ओलीसग पनि भेट्वार्ता गर्ने तयारी गरेका छन । ओलीसग सम्भबत भोली भेट्वार्ता गर्ने गरी राजदूतले तयारी गरेका छन् ।