१० मंसिर, काठमाडौं ।
गत आइताबर सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये १४७ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।
नेकपा एमाले दोस्रो ठूलो दल बन्ने पक्का भएको छ । पछिल्लो नतिजाअनुसार एमालेले ३८ ठाउँमा जित हात पारेको छ ।
नेकपा एमालेले प्रतिनिधिसभामा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा जित हात पारेको छ । यस प्रदेशमा एमालेले ११ ठाउँमा जित निकालेको हो । तर, यही प्रदेशमा पार्टीका महासचिव शंकर पोखरेल नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मासँग पराजित भए ।
यही हुन् एमालेमा विजयी भएका नेताहरू
१, झापा ५ – केपी शर्मा ओली
२, झापा २ – देवराज घिमिरे
३, ताप्लेजुङ – योगेश भट्टराई
४, सोलुखुम्बु – मानवीर राई
५, धनकुटा – राजेन्द्र राई
६, झापा ४ – एलपी साँवा लिम्बू
७, उदयपुर २ – अम्बरबहादुर रायमाझी
८, पाँचथर–बसन्तकुमार नेम्वाङ
९, मोरङ–२ ऋषिकेश पोखरेल
१०, पर्सा ३ – राजकुमार गुप्ता
११, सिरहा १ – राम शंकर यादव
१२, धनुषा ३– जुली कुमारी महतो
१३, सर्लाही ३– हरि उप्रेती
१४, बारा १–अच्युत मैनाली
१५, बारा ३– ज्वाला कुमारी साह
१६, सिरहा ३ – लीलानाथ श्रेष्ठ
१७, काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
१८, ललितपुर २ – प्रेमबहादुर महर्जन
१९, मकवानपुर २ – महेश कुमार बर्तौला
२०, काभ्रे २ – गोकुल बाँस्कोटा
२१, कास्की २ – विद्या भट्टराई
२२, पर्वत – पदम गिरी
२३, लमजुङ – पृथ्वी सुब्बा गुरुङ
२४, कास्की ३–दामोदर बैरागी पौडेल
४५, कास्की १ – मनबहादुर गुरुङ
२६, गुल्मी २ – गोकर्ण विष्ट
२७, अर्घाखाँची – टोपबहादुर रायमाझी
२८, प्युठान – सूर्य थापा
२९, रुपन्देही ५ – बासुदेव घिमिरे
३०, बाँके १ – सूर्य ढकाल
३१, कपिलवस्तु १–बलराम अधिकारी
३२, पाल्पा १ – ठाकुर गैरे
३३, पाल्पा २ – नारायणप्रसाद आचार्य
३४, कपिलवस्तु–३ मंगल प्रसाद गुप्ता
३५, रुपन्देही–२ विष्णु प्रसाद पौडेल
३६, रुपन्देही–१ छविलाल विश्वकर्मा
३७, कन्चनपुर १– तारा लामा तामाङ
३८, बैतडी– दामोदर भण्डारी