रामेछाप अपडेट:- कान्छाराम विजयी यात्रातर्फ लम्कँदै

हाम्रो सन्देश संवाददाता

१० मंसिर, रामेछाप ।

नेपाली काँग्रेस रामेछापको जिल्ला सभापति समेत रहेका लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधिसभा सदस्य साझा उम्मेदवार पुर्ण बहादुर तामाङ( कान्छाराम) ले मतगणना भएपछि लिएको अग्रता कायम राखेका छन् ।

मङ्सिर ५ बेलुका १० बजेदेखि सुरु भएको मत गणनामा प्रदेश १ बाट आठ हजार २ सय ५६ मत अग्रता लिएर प्रदेश २ मा छिरेका कान्छारामले खाँदादेवी हुँदै दोरम्बा ५ सम्म आइपुग्दा ८ हजार ४ सय ११ मतले अग्रता लिएका छन् ।

खाँदादेवी एमालेको उम्मेदवार कैलाश ढुंगेलको पालिका भएको कारण झण्डै ४ हजारले कान्छाराम तल पर्ने विश्लेषण थियो । तर खाँदादेवीमा कान्छारामको भन्दा १ हजार २ सय ५४ मतमात्रै कैलाशले बढी प्राप्त गरे ।

प्रदेश १ हुँदै प्रदेश २ को खाँदादेवी गाउँपालिका र दोरम्बा- शैलुङ ५ सम्म गणना सकिदाँ यस्तो छ प्राप्त मत :-

प्रतिनिधि सभा तर्फ
पुर्ण बहादुर तामाङ कान्छाराम (रुख)- ३०९५१
कैलाश प्रसाद ढुङगेल (सुर्य)- २२५४०
मतान्तर- ८४११

प्रदेश २ तर्फ
मिलन कुमार घिसिङ (सुर्य)- ९२६८
युवराज चौलागाई (हँसिया हथौडा)- ८२३६
मतान्तर- १०३२