१० मंसिर, काठमाडौं ।
प्रतिनिधिसभा तर्फको १४७ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अव बाँकी १८ क्षेत्रको प्रत्यक्ष तर्फको चुनावी परिणाम आउन बाँकी छ । जसमध्ये १५ क्षेत्रमा मतगणना जारी छ । थप ३ क्षेत्रमा मतगणना हुन सकेको छैन । यो समाचार तयार पार्दासम्म दोलखा, बाजुरा र स्याङ्जा २ मा मतगणना नै हुन सकेको छैन । ती क्षेत्रहरुमा पून मतदान सम्मको माग भएकोले निर्वाचन आयोगले यस विषयमा निधो नदिईसकेकोले टुग्गो लाग्न सकेको छैन । बाजुराको वुढीनन्दामा मतदान नै स्थगित भएकोमा आज निर्वाचन भईरहेको छ ।
बाँकी १५ क्षेत्रमा मुख्यतस् नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी पार्टीले अग्रता लिएका छन्।
जसमा प्रदेश एकमा सबैभन्दा बढी ८ क्षेत्रको नतिजा आउन बाँकी रहँदा मधेश प्रदेशमा ६, बागमतीमा २, कर्णाली र लुम्बिनीमा १-१ क्षेत्रको अन्तिम नतिजा आउन बाँकी छ।
अब नेकपा एमालेले ६, नेपाली कांग्रेस ६, नेकपा माओवादी केन्द्र २, राष्ट्रिय स्वतन्त्र पार्टी १, जसपा १ र राप्रपा १ स्थानमा अग्रता लिएका छन्।
कुन क्षेत्रमा को अगाडी ?
इलाम १
महेश बस्नेत (एमाले) १७५०५
झलनाथ खनाल (एकीकृत समाजवादी) १४८६४
इलाम-२
सुबास चन्द्र नेम्बाङ (एमाले) २७८१८
डम्बर कुमार खड्का (कांग्रेस) २७६८५
मोरङ १
घनश्याम खतिवडा (एमाले) २२७९८
डिगबहादुर लिम्बू (कांग्रेस) २२७४३
सुनसरी १
गोमा तामाङ (स्वतन्त्र) १०१५६
अशोककुमार राई (जसपा) ८७०३
मुक्सामहाङ सुब्बा (माओवादी केन्द्र) ७७१२
सुनसरी-२
भीम प्रसाद आचार्य (एमाले) २६५३९
सीताराम महतो (कांग्रेस) २२५५५
लालबिक्रम थापा (स्वतन्त्र) १७६५७
सुनसरी-३
भगवती चौधरी (एमाले) १३६७८
विजयकुमार गच्छदार (कांग्रेस) ११६९५
कमलबाबु मैनाली (राष्ट्रिय स्वतन्त्र पार्टी) ५२८६
सुनसरी-४
जगदिशप्रसाद कुसियैत (एमाले) २१६०३
ज्ञानेन्द्र बहादुर कार्की (कांग्रेस) २१६७८
उदयपुर १
नारायण खड्का (कांग्रेस) २१८३३
मञ्जुकुमारी चौधरी (एमाले) २०१२०
धनुषा- १
दीपक कार्की (जसपा) १६८२८
मात्रिका प्रसाद यादव (माओवादी केन्द्र) १३७५१
किशोरी साह (जनमत) ९६७५
धनुषा ४
महेन्द्र यादव (कांग्रेस_ १८०६८
रघुबीर महासेठ (एमाले) १६१८६
महोत्तरी- १
गिरीराज मणि पोखरेल (माओवादी केन्द्र) १८४३४
लक्ष्मी महतो कोइरी (एमाले) १६५५३
महोत्तरी- ४
महेन्द्र कुमार राय (कांग्रेस) २५४२०
सुरेन्द्र कुमार यादव (जसपा) २१२९६
मनोजकुमार साह (जनमत) १००३९
सर्लाही- २
महिन्द्र राय यादव (माओवादी केन्द्र) २०७३८
राजेन्द्र महतो (लोसपा) १८७९३
राजनारायण साह (एमाले) १३६४३
रामेछाप
पूर्ण तामाङ (कांग्रेस) ३१३५५
कैलाश ढुंगेल (एमाले) २३२१५
रूपन्देही- ३
दीपक बोहोरा (राप्रपा) ३२४४८
बालकृष्ण खाँड (नेपाली कांग्रेस) ३१००६
गणना हुन बाँकी
१) दोलखा
२) स्याङ्जा २
३) बाजुरा