राजन श्रेष्ठ कांग्रेस प्रबेश गरेपछि गगन थापाको जित निश्चित

हाम्रो सन्देश संवाददाता

१५ असोज, काठमाडौं ।

शिक्षासेवी राजन श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गरेपछि महामन्त्री गगनकुमार थापाको जित निश्चित बनेको छ । बुढानीलकण्ठ नगरपालिकाभित्र राम्रो छवि बनाएका श्रेष्ठ कांग्रेस प्रबेश गरेपछि थापाको जित निश्चित भएको हो ।

श्रेष्ठलाई शुक्रबार एक कार्यक्रमकाबीच कांग्रेस महामन्त्री थापाले पार्टीमा स्वागत गरेका हुन् । उनीसँग सयौँ युवाहरु कांग्रेसमा समाहित भएका थिए ।

कांग्रेस प्रवेश गरेका श्रेष्ठ उक्त क्षेत्रमा विगत दशकौंदेखि शिक्षा क्षेत्रमा सफल नेतृत्व तथा युवाहरुमाझ अत्यन्तै लोकप्रिय र विभिन्न स्थानिय संघ÷संस्थाहरु मार्फत समाजसेवामा सक्रिय छन् । समग्र काठमाण्डौं क्षेत्र नम्बर ४ को सामाजिक, आर्थिक तथा भौतिक रुपमा विकास गर्ने प्रतिवद्धता सहित आफू कांग्रेस प्रवेश गरेको श्रेष्ठको भनाई छ ।

उनले आफू पनि उदार लोकतन्त्रमा विश्वास राख्ने भएकोले र गगन थापाको नेतृत्वदायी व्यक्तित्व, उदार लोकतान्त्रिक विचार, समाज तथा देश विकासका लागि तय गरेको विभिन्न मिसन तथा भिजनहरुले नै आफूलाई उक्त पार्टीप्रति तथा गगन थापासँग रहेर काम गर्न प्रेरित गरेको पनि जनाए ।

लामो समयदेखि नेकपा एमालेमा रहेर काम गर्दै आएका श्रेष्ठ पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर असन्तुष्ट थिए । श्रेष्ठले आफूसँग ५ हजारदेखि ७ हजार मतदाता रहेको बताउने गरेका छन् ।