६ असोज, हेटौंडा ।
मकवानपुर र रुकुमपूर्वका भएको बस दुर्घटनाहरूमा ९ जनाको मृत्यु भएको छ ।
मकवानपुरको भीमफेदीको जुरीखेतमा आज दिउँसो बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडा आउँदै गरेको बस जुरीखेतमा दुर्घटना भएको हो । दुर्घटनामा घटनास्थलमै ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको गाउँपालिकका उपाध्यक्ष सञ्जिव श्रेष्ठले जानकारी दिए ।
घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी वामदेव गौतमका अनुसार गम्भीर घाईतेहरूलाई काठमाडौं पठाउने तयारी भएको छ । बसमा कति यात्रु थिए भन्ने बारे खुलेको छैन् । घटनाको पूर्ण विवरण अहिले आएको छैन् ।
यता रुकुमपूर्वमा बस दुर्घटना हुँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ।
जिल्लाको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । काठमाडौंबाट रुकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए । मृत्यु भएकाहरूको भने परिचय खुल्न नसकेको डीएसपी डाँगीले बताए ।
१७ जना सवार रहेको बस क्याङ्सी बगरस्थित मध्यपहाडी राजमार्गदेखि अन्दाजी १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।