काठमाडौं ।
गायिका रेखा शाहले लोकगायक प्रेमराजा महतलाई आफुसँग माफी माग्न आग्रह गरेकी छन् ।
गायक महतले चर्चित गित सिमा सिमे पानिमालाई प्रेमराजा महतले आफ्नो गित रहेको भन्दै सारबजनिक गरेको र आफुलाई अपमान समेत गरेको गुनासो गरिन ।म अमेरिका कार्यक्रममा जादाँ प्रेमराजा महतले रेखालाई किन अमेरिका ल्याएको भने ।महत ढोंगी भएको आरोप समेत शाहले लगाईन्।
प्रेमराजा महतलाई सुझाब दिदै शाहले भनिन्- मसँग माफी माग्नुस् तपाईंलाई निदाउँन सजिलो हुन्छ।शाहले सिमसिमे पानीमा गीत आफूले टिनएजनै गाएको बताउँदै कुनै समय आफूसँगै सुपरहिट गीत गाएका सांगीतिक सहयात्री प्रेमराजा महतलाई भेट्न नचाहेको बताईन्।
परिस्थिती परिवेशले गर्दा आफू भन्दा दोब्बर उमेरको पुरुष सँग तेस्री श्रीमतीको रुपमा कसैसँग बिहे गरेको ‘सिमसिमे पानी’ बोलको चर्चित गीतकी गायिका रेखा शाहले ‘द प्रकाश सुवेदी शो’मा प्रकाश सुवेदी सँग कुराकानी गर्दै स्वीकार गरिन्।तर,आफूलाई जीवनमा गरेको कुनै काम प्रति पश्चाताप नभएको शाहले खुलस्त पारिन्।संसारमा सुन्दर मान्छेको भाग्य सुन्दर नहुने रहेछ।
शाहले आफू भन्दा दोब्बर उमेरको पुरुष सँग बिहे र त्यो सम्बन्ध हाल के-कस्तो अबस्थामा छ त्यस बारेमा कुनै कुरै नगर्ने बताईन्।गीतकार भुपेन्द्र खड्का सँग आफ्नो कुनै अन्तरंग सम्बन्ध नभएको र भुपेन्द्र र आफू मिल्ने साथी मात्र भएको शाहले प्रष्ट पारिन्।