चर्चित अञ्जलीको अश्लील भिडियो लिक, अन्नत: मुख खोलिन् ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

सामाजिक सञ्जालमार्फत रातारात स्टार बनेकी अञ्जली अरोडाको नाममा एक एमएमएस भाइरल भइरहेको छ । यस एमएमएसको आडमा अञ्जलीको बारेमा तुच्छ कुरा पनि लेखिएको छ । कुरा बढ्दै गएपछि उनै अञ्जलीले भाइरल एमएमएसमा आफ्नो नभएको खुलासा गरिन् ।

उनले भिडियो भाइरल बनाउनेहरुलाई, ‘यदि यो आफ्नो परिवारको कुनै सदस्यलाई भयो भने उनीहरुलाई कस्तो लाग्छ ?’ भनेर प्रश्न पनि गरिन् । केही दिनदेखि एउटा भिडियो भाइरल भइरहेको छ ।

कच्चा बदामबाट चर्चित अञ्जलीको प्राइभेट भिडियो लिक–भाइरल भिडियो

भिडियोमा देखिएकी युवती अञ्जली अरोडा भएको दाबी गरिएको थियो । सिद्धार्थ कन्ननसँगको अन्तर्वार्तामा अञ्जलीले भाइरल भिडियोबारे कुरा गरेकी हुन् ।

भिडियोलाई लिएर उनले भनिन्, ‘कहिलेकाहीँ मलाई अचम्म लाग्छ, कि मानिसहरू किन यसो गरिरहेका छन् । जुन भिडियोमा म छैन्, त्यसलाई किन भाइरल बनाइदैँछ ? युट्युबमा बेकारको कुरा ।

भ्युजका लागि अञ्जली अरोडाको एमएमएस मात्रै नभएर यो हो, यो हो भनेर राख्दैछन् । यार, मेरो पनि एउटा परिवार छ, मेरो एक भाइ छ, मेरो एक बहिनी छ । मेरा साना भाइहरू छन्, जसले यी सबै कुराहरू देख्छन् ।’

अञ्जलीले ट्रोलहरूलाई तिमीहरूको परिवारका सदस्यहरूलाई यस्तो भयो भने कस्तो लाग्छ ? भनेर प्रश्न पनि गरेकी छिन् । उनले भनिन्, ‘यस्ता काम गर्नुअघि कसैको परिवारले के सोच्नेछ भन्ने सोच्दैनन् ।

कसैको परिवारमा कस्तो असर पर्ला ? यो कुरा उनको परिवारले सहन सक्छ कि सक्दैन । म मात्र २१ वर्षकी हुँ । म यी सबै कुराहरू सहन सक्षम हुनलाई तयार छैन ।’

अन्तर्वार्ताका क्रममा अञ्जली भावुक भएर रोइन् । उनले यस्तो घटना पहिलो पटक नभएको समेत खुलासा गरिन् । उनका अभिभावकले यसबारे प्रहरीमा उजुरी गरिसकेका छन् ।

को हुन् अञ्जली अरोडा ?
अञ्जली अरोडा एक सामाजिक मिडिया स्टार हुन् । इन्स्टाग्राममा उनका ११ करोडभन्दा बढी फलोअर्स छन् । अञ्जली रिल्सबाट चर्चित भएकी थिइन्, उनको रिल ‘कच्चा बदाम’ भाइरल भएको थियो । यसपछि उनले अभिनेत्री कङ्गना राणावतले होस्ट गरेको रियालिटी शो ‘लकअप’ जाने मौका पाएकी थिइन् ।

भर्खरै अञ्जलीको डान्स भिडियो सायाँ दिल मे आना रे रिलिज भएको छ । भिडियो रिलिज हुनु दुई दिनअघि सामाजिक सञ्जालमा एउटा एडल्ट भिडियो लीक भएको थियो र उक्त भिडियो अञ्जलीको भएको दाबी गरिएको थियो ।