विश्वकप हुनु अगावै Qatar रोजगारमा जान चाहनुहुन्छ ? आयो यस्तो अवसर..!

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

कतारमा आकर्षक तलब सहित बिभिन्न पदमा 319 जनाको लागी वैदेशिक रोजगारिको लागी माग आएको छ ।

यो रोजगारको लागी लट: 257908 । खान बस्न सहित रोजगार । कतारको उक्त रोजगारको लागि राम्रो तलब सुबिधा र अन्य सुबिधा रहेको छ ।

इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बरहरु Rotary Overseas Pvt. Ltd +9771-5903872, 01-5903873 License No: 562/062/63

कतारका रोजगारदाताले विश्वकपका लागि नेपाली श्रमिक ल्याउन चाहेको दूतावासलाई जानकारी गराएको थियो । श्रमिक माग भएको जानकारी प्राप्त हुनासाथ दूतावासले श्रम मन्त्रालयलाई पत्र लेखेको थियो । मन्त्रालयले निर्णय गरिदिएसँगै दूतावासले छोटो अवधिका लागि श्रमिक लैजान इच्छुक रोजगारदाताले ल्याएका माग प्रमाणीकरण गर्ने भएको छ ।

सरकारले शून्य लागतमा श्रमिक लैजान सम्बन्धित कम्पनीलाई अनुमति दिनेछ । श्रमिकको दुईतर्फी हवाई टिकटसहित भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्चसमेत रोजगारदाताले नै बेहोर्नुपर्ने छ ।

त्यस्ता श्रमिकले कतारमा काम गर्ने अवधि छ महिनाभन्दा कम समयको हुनेछ । म्यानपावर कम्पनीबाहेक व्यक्तिगत रूपमा यसरी छोटो समयको रोजगारीका लागि जान खोज्नेले भिसा ल्याएर श्रम स्वीकृति लिन आएमा पनि श्रम स्वीकृति प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।

कानूनअनुसार श्रम स्वीकृतिको अवधि दुई वर्षको हुने व्यवस्था भए पनि कम अवधिको कामको अवसर र भिसा आएमा पनि श्रम स्वीकृति प्रदान गर्ने पनि कानूनी व्यवस्था रहेको सहसचिव पोखरेलले जानकारी दिए । नेपालबाट कतिको सङ्ख्यामा श्रमिक लैजाने र सेवा सुविधा कति पाउने भन्ने कुरा भने अहिले नै निश्चित भइसकेको छैन ।