माओवादी अध्यक्ष प्रचण्ड र कामु प्रधानन्यायाधीश कार्कीबीच दुई घन्टा ‘गोप्य’ भेटवार्ता

हाम्रो सन्देश संवाददाता

११ साउन, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसँग ‘गोप्य’ भेटवार्ता गरेका छन् । सुरक्षास्रोतको अनुसार अध्यक्ष प्रचण्ड कामु प्रधानन्यायाधीश कार्कीलाई भेट्न बुधवार कलंकीस्थित उनको निवास पुगेका थिए ।

सुरक्षास्रोतका अनुसार अध्यक्ष प्रचण्ड कार्की निवासमा विहान ८ बजे पुगेका थिए । २ घन्टापछि प्रचण्ड १० बजे कार्की निवासबाट निस्केका थिए ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा बुधवार अन्तिम सुनवाइ अघि हुनुपुर्व प्रचण्ड र कार्कीबीच भेटवार्ता भएको हो ।

अन्तर्राष्ट्रिय शैक्षिक अवार्ड प्रदान
चौधौँ अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनका अवसरमा नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव र भारतका पूर्वराष्ट्रपति डा एपिजे अब्दुल कलामका नाममा स्थापित अन्तर्राष्ट्रिय शैक्षिक अवार्डबाट शिक्षाकर्मीलाई सम्मान गरिएको छ ।

डा यादवका नाममा प्रेसिडेन्ट इन्टरनेशनल एजुकेसन अवार्ड र कलामका नाममा आउटस्ट्याण्डिङ इन्टरनेशनल एजुकेसन अवार्ड प्रदान गरिएकोे हो ।

नेपालसहित विभिन्न मुलुकका शिक्षाकर्मी, विज्ञ, प्रधानाध्यापक, शिक्षासेवी शिक्षा पत्रकारलाई सो सम्मान प्रदान गरिएको हो । भारतको हिमाक्षरा संस्था र नेपालको शिक्षालय राष्ट्रिय मासिकको संयुक्त आयोजनामा भएको सो समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आज ती अवार्ड प्रदान गर्नुभएको हो ।

मन्त्री भुसालले नेपालको शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय सिकाइको अभ्यास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाका लागि नेपालमा भएका प्रयासलाई संस्थागत गर्दै सर्वसुलभ शिक्षामा सबैको पहुँच पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

राससकर्मी सिलवाल पुरस्कृत

सम्मेलनमा डा यादवका नाममा स्थापत प्रेसिडेन्ट इन्टरनेशनल अवार्डबाट शिक्षा पत्रकारद्वय प्रकाश सिलवाल (रासस) र प्रकृति अधिकारी (गोरखापत्र) लाई पुरस्कृत गरिएको थियो । शैक्षिक सम्मेलनमा नेपाल, भारत फ्रान्स, होल्याण्ड, साउदीअरब र कुवेतलगायतका १० देशका शिक्षाकर्मीको सहभागिता रहेको थियो ।