अष्ट्रेलियाको सिड्नीमा नेपाली युवाको श-व फेला !

हाम्रो सन्देश संवाददाता

११ साउन, काठमाडौं ।

अस्ट्रेलियाको सिड्नीमा १९ वर्षीय किशोरको श व फेला परेको छ। माउन्ट अन्नन् बोटानिकल गार्डेनको ड्यामबाट प्रह’रीले १९ वर्षीय किशोरको श’व निकालेको हो।

बिहीबार दिउँसो १ः ४० बजे प्र’हरीले ती किशोरको श’व फेला पारेको बताइएको छ। उक्त श’व राहुल सिंहको भएको प्र’हरीले पुष्टि गरेको छ। उनी ४ दिनअघि त्यहाँ गएको बताइएको छ।

गत आइत’बार राहुल माउन्ट अन्नन्को अल्कोर्निया क्रेसेन्टमा बिहान ६ बजेको समयमा देखा परेका थिए। सिसि’टिभीमा कैद भएको दृश्य अनु’सार राहुल आइतबार बिहान ७ बजे गार्डेनमा पश्चिमी गेट’बाट प्रवेश गरेका थिए।

प्रहरीले आइत’बार नै उनको खोजी गरेको थियो। उनका परिवार र इष्टमित्र’हरू पनि उनको खोजीमा जुटेका थिए। मृ-त राहुल मानसिक रूपमा अस्वस्थ भएको पनि पत्ता लागेको छ।

प्रारम्भिक अनु’सन्धानबाट उनको मृ त्यु शंका’स्पद नभएको प्रह’रीले बताएको छ। तथापि, यस घट’नाको बारेमा रिपोर्ट सार्व’जनिक गर्ने तयारीमा प्र’हरी जुटेको छ। – स्वीट नेपाल

वर्षातले डोटीका सडक अवरुद्ध, गाउँमा खाद्य सङ्कट
डोटीमा केही दिनयतादेखि भइरहेको लगातारको वर्षातले यहाँका ग्रामीण क्षेत्रका सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएपछि यहाँका गाउँघरमा खाद्य सङ्कटको अवस्था सृजना भएको छ । वर्षातले ठाउँठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि ती क्षेत्रमा सवारीसाधन सञ्चालन हुन छाडेका हुन् । वर्षाले यहाँका ग्रामीण सडक भत्किएका तथा बिग्रिएका कारण सवारी साधन सञ्चालन गर्न समस्या भइरहेको शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेमबहादुर रावलले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय दिपायल कुल्पातेका अनुसार वर्षाका कारण यहाँका जोरायल, गड्सेरा, दिपायल नापानी, बोगटान, धुर्कोट, मुडभारा, नारीदाङ, गैरा–धुर्कोट सडकमा यातायात अवरुद्ध छन् । सडक अवरुद्ध भएर सवारी साधन चल्न समस्या भएपछि यहाँका गाउँघरका नागरिकलाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि समस्या हुँदै आएको नारिदाङका स्थानीयवासी लक्ष्मणबहादुर माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षाले गाउँका सडक बन्द भए हामीलाई दैनिक उपभोग्य वस्तु खरिदका लागि पनि समस्या भएको छ, सामान्य नुन र तेल किन्न पनि हिँडेर दिपायल पुग्नुपर्ने बाध्यता छ ।”

वर्षाका कारण अवरुद्ध भएका सडक सञ्चालनका लागि पहल भए पनि वर्षा नरोकिएका कारण खुलाउन नसकिएको सडक डिभिजन कार्यालय दिपायल कुल्पातेले जनाएको छ । गाउँका सडकमा यातायातका साधन सञ्चालन हुन बन्द भएपछि अहिले यहाँका किसानले उत्पादन गरेका तरकारी बजारसम्म लैजान नपाउँदा बारीमै कुहिन थालेको बोगटान फुड्सिल गाउँपालिका–५ का किसान देवबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा साग तरकारी तथा फलफूल प्रशस्त मात्रामा फलेका छन्, बिक्री गर्न बजार लैजान सक्ने अवस्था नभएर सबै बारीमै कुहिन थाले, किसानलाई समस्या भयो ।”

लामो समयदेखिको वर्षातले गाउँका सडक अवरुद्ध हुँदा स्थानीयवासी तथा किसानलाई झनै सास्ती हुँदै आएको छ । यतिमात्र नभई सडक अवरुद्ध भएका कारण यहाँका गाउँघरमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि समस्या भएको उग्रतारा यातायात प्रालि दिपायल शाखाका प्रमुख किष्णराज भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वर्षातले सडक अवरुद्ध भए, गाउँमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सकिएको छैन, गाउँमा खाद्य सङ्कटको अवस्था सृजना भएको छ ।” यतिमात्र नभई लगातारको वर्षाका कारण यहाँका नदी तथा खोलामा बाढी आएका कारण जोखिम निम्तिन सक्ने भन्दै स्थानीयवासीहरुमा त्रास उत्पन्न भएको जोरायल गाउँपालिका–५ गड्सेराका स्थानीयवासी मोहनबहादुर पातलीले बताउनुभय