चक्रवर्ती कलेजको लुट धन्दाको बिरोधमा उत्रिएका विद्यार्थीलाई कलेज भित्र छिरेर प्रहरीले बर्सायो लाठी !

हाम्रो सन्देश संवाददाता

१० साउन, काठमाडौं ।

काठमाडौँ अनामनगर स्थित चक्रवर्ती हबी एजुकेशन एकेडेमी कलेज अफ लले कानुन अध्ययन गर्ने विद्यार्थीहरुको एकै पटक चर्को शुल्क बढाए पछि विरोधमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले चरम दमन गरेको छ ।

कलेजमै प्रवेश गरेर डे«समै रहेका विद्यार्थीहरुलाई प्रहरीले निर्घात कु ट पिट गर्दै घाइते बनाएको छ । कलेज प्रशासन र विद्यार्थीहरु विच विरोध चर्कदै गए पछि डिएसपीको कमाण्डमा गएको प्रहरीले विद्यार्थीमाथी लाठी बर्साएको थियो ।

प्रहरीको लाठी चार्ज बाट ५ जना विद्यार्थी सख्त घाइते भएका छन् । पूर्वाञ्चन विश्व विद्यालयबाट कानुन अध्यापनको अनुमती पाएको चक्रवर्ती कलेजले यो बर्ष बिएएलएलबीमा अध्ययन गर्ने विद्यार्थीहरुको एकलौटी रुपमा चर्को शुल्क बढाए पछि विद्यार्थीहरु आन्दोलित भएका थिए ।

विद्यार्थीहरुले आन्दोलनमा उत्रनु भन्दा अघि कलेज प्रशासनसँग पटक पटक वर्ता गरेको तर न्यून शुल्क मात्र घटाउँन कलेज प्रशासन तयार भए पनि उनीहरु आन्दोलित भएका थिए । प्रहरी जानु भन्दा अघि बाहिरबाट हायर गरेर विद्यार्थीलाई तह लगाउँन कलेजले गुण्डा समेत बोलाएको जानकारी एक विद्यार्थीले ओटिभी नेपाल डटकमलाई दिएका छन् ।

प्रहरी एक्कासी कलेजको कम्पाउण्डमा पुगेर अन्धाधुन्द लाठि बर्साउँन थाले पछि विद्यार्थीहरुको भागाभाग भएको थियो । कलेज पढ्का लागी कलेज ड्रेस लगाएर कापी किताब बोकेर आएका विद्यार्थीलाई बैंक चोर्न आएको चोर जसरी लखेटिएको प्रत्यक्षदर्शी एक विद्यार्थीले बताए ।

पूर्वाञ्चल विश्व विद्यालयअन्तर्गतको ुचक्रवर्ती हबी एजुकेसन एकेडेमी, कलेज अफ लुले हालै मात्र शुल्कमा अत्यधिक वृद्धि गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका थिए। गत वर्षसम्म कानूनको ५ वर्षे कक्षाका लागि ७ लाख १६ हजार शुल्क रहेकोमा अहिले त्यसलाई बढाएर १० लाख ७० हजार पुर्‍याइएको छ ।

७ लाख १६ हजार रुपैयाँ रहेको बीएएलएलबीको शुल्क एकैपटक १० लाख ७० हजार पुर्‍याएपछि चक्रवर्ती ल कलेजमा शिक्षण शुल्क वृद्धिको विरोधमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप भएको थियो ।

आन्दोलित विद्यार्थीहरूले आइतवार शुल्कवृद्धिको विरोधमा कलेजमा तालाबन्दी गरेका थिए । सोमवार कलेज व्यवस्थापन र विद्यार्थी प्रतिनिधिहरूबीच भएको वार्तामा कलेजले ५० हजार शुल्क घटाउने बताएको थियो । तर, विद्यार्थीहरूले पुरानै शुल्क कायम गरिनुपर्ने अडान राखेपछि वार्ता निष्कर्षविहीन भएको थियो । कलेज प्रशासनसँगको वार्ता सफल नभएपछि विद्यार्थीहरूले मंगलवार लेखा शाखामा तालाबन्दी गरेका थिए । तर, उक्त ताला कलेज प्रशासनले फुटाएपछि स्थिति तनावपूर्ण बनेको थियो ।