अब प्रचण्ड, माधब, झलनाथ र देउवाहरु नेपालमा बस्दैनन्ः दुर्गा प्रसाई

हाम्रो सन्देश संवाददाता

९ असार, काठमाडौं ।

व्यवसायी एवं नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाईले सांसद भए गगन थापा र नारायणकाजी जस्तो नहुने बताएका छन् ।

उनले भने– मैले चुनावमा लडछु, भनेर मैले भनेको छैन तर मलाई पार्टीले लडनुपर्छ, भनेर भन्नु भाको छ, पार्टीबाट म मागेर गाको छैन, तपाईले लडनुपर्छ भन्नु भा छ, ईच्छा मेरो छैन, ईच्छा मेरो त्यो छैन, सांसद भएर मैले के गर्ने म त्यही गगन थापा हुनु रु त्यही नारायणकाजी क्षेष्ठ हुनु रु त्यही मान्छे हुनु रु त्यही घरमा भित्र गएर छिर्नु ? उनले भने ।

केपी ओलीको किड्नी फेर्नु नै हस्पिटलबाट बाँचेर घर आएपछि माधव नेपाल र प्रचण्डको टाउँको दुखेको र केपी ओली बाच्नु नै पहिलो पार्टी फुटेको दोस्रो पार्टी फुटाउन मल हाल्ने भिम रावल र घनश्याम भुसाल भएको उनले बताएका छन् ।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र शेरबहादुर देउवाहरु यो देशमा नबस्ने आफुहरुलाई पुग्ने कमाएको यो देशमा नेता र व्यापारीहरु लुटेरा भएकोले देश टाट पल्टेको र माधव नेपालको राजनीति गर्ने हैसियत नभएको उनले बताएका छन् ।

गोविन्द केसीलाई शिक्षा र स्वास्थ्यको नाममा अनशन बसाएर युनिएन युरोपियनबाट डलर खाका मिडियाहरु जाने गोविन्द केसी महान भन्ने रातभरी खुवाउने दिन भरी अनशन राख्ने युरोपियन युनिएनका कारणले आज एमसीसी पास भएको बताएका छन् ।

हर्क र बालेनहरुलाई भड्केको आत्माहरुको भोट गएको राम्रो काम गरेर नजितेको र दुवैको राजा एमालेको ब्राण्डमा नआएको आफनो काम देखेर आएको उनले बताएका छन् ।

धर्म र राजनीति आफनो पेसा नभएको आफु व्यवसायी भएको अहिले देश श्रीलंका भएको र यो राजनीतिमा जो आए पनि शुद्ध नहुने बताए ।

अब नेपालमा चीन र भारतको राजनीति हुने र अबको १०÷१५ वर्षमा अमेरिकाले बम खसाउने उनले बताएका छन् ।