फेरि बढ्यो इन्धनको भाउ, पेट्रोल प्रतिलिटर कति ?

हाम्रो सन्देश संवाददाता

६ असार, काठमाडौं ।

नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २१ र डिजेल/मट्टितेलमा २७ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो । नयाँ मूल्य आइतबार राति १२ बजेदेखि नै लागू हुनेछ ।

अब प्रतिलिटर पेट्रोल १९९ र डिजेल मट्टितेल १९२ तिर्नुपर्नेछ । खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सेना कुनै पनि गठबन्धनमा संलग्न हुनुहुँदैन : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को वास्तविकता बाहिर ल्याउनुपर्ने बताएका छन् ।

शुक्रबार बिहान बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा तथा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एसपीपी सम्झौतामा पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीको हस्ताक्षर गरेको बारे सेनाले प्रष्ट पार्नुपर्ने बताए ।

उनले कुन प्रधानमन्त्रीको पालामा कुन रक्षामन्त्रीले सम्झौता अगाडि बढाइएको हो ? जनतालाई गुमराहमा राख्न नहुने र सबै प्रष्ट पार्नुपर्ने उनको भनाइ छ ।

नेपाली सेना कुनै सैनिक गठबन्धनमा संलग्नन हुन नहुने धारणा राख्दै अध्यक्ष नेपालले कुनै पनि देशको दवावलाई स्वीकार गर्न नसकिने उनको भनाइ छ ।