आँचल शर्मा बिहेपछि झनै ‘बोल्ड’ हेरौं तस्बिर

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

आँचल शर्मा नेपालकी निकै चर्चित नायिका हुन् । उनले छोटो समयमा नै निकै लोभलाग्दो सफलता हासिल गरेकी छिन् । चलचित्र नाई नभन्नु ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा आएकी आँचलले छोटो समयमा नै धेरै चलचित्र काम गरिसकेकी छिन् ।

तिनै चर्चित नायिका आँचल शर्माको चैत ५ गते जन्मदिन परेको थियो । नायिका आँचल शर्मा अब २५ बर्षमा लागेकी छिन् । सानै उमेरमा नै आँचलले धेरै चर्चा पाएकी छिन् ।

उनी चलचित्रमा मात्र नभएर म्यूजिक भिडियोमा पनि उत्तिकै व्यस्त छिन् । डाक्टर उदिप श्रेष्ठसँग प्रेम सम्बन्धमा बाँधिएपछि उनी झन् चर्चामा आइरहन्छिन् ।

कहिले उदिपको पुर्व पत्नीको कुरा बाहिरिएर त कहिले उदिपकी प्रेमीका समेत रहेकी सिपोरा गुरुङको कारणले चर्चामा आइरहिन् । आँचललाई अहिले थुप्रै चलचित्रबाट अफर आइरहेका छन् तर कथा, भूमिका र टिम हेरेर मात्र अभिनय गर्ने पक्षमा छिन् उनी । परिवारलाई महत्व दिने आँचल आफ्ना बुवालाई सबैभन्दा नजिकको साथी मान्छिन् ।

आफ्नो खुसीको तुलनामा परिवारको खुसीलाई प्राथमिकता दिने आँचल भन्छिन्–दर्शकको मायाले नै अझ राम्रो अभिनय गर्ने हौसला मिलेको छ ।आँचल शर्माको बास्तविक नाम आँचल दवाडी हो । उनको जन्म १८ मार्च १९९५ मा काठमाडौंमा भएको हो । नाई नभन्नु ल ४ बाट नेपाली फिल्मी उद्योगमा पाइला चालेकी आँचलका जोनी जेण्टलम्यान,

शत्रु गते, दाल भात तरकारीमा उनको मुख्य भूमिका रहेको छ । फिल्मी क्षेत्रमा आउनुअगाडी उनले एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् । नायिका आँचल शर्माको बिहे पार्टीको चर्चा चलचित्र बजारमा मात्र होइन, उनका फ्यानहरुमाझ पनि चलेको थियो । त्यस्को मुख्य कारण थियो । आँचलले लगाएको १६ लाख मुल्य परेको भनिएको लेहेङ्गा ।