नुवाकोटका २० वर्षिय यी युवक ६ घण्टादेखि २ सय २० केभीको प्रशारण लाइनमा हिँडेपछि…

हाम्रो सन्देश संवाददाता

२८ जेठ, काठमाडौं ।

विद्युत प्रशारण लाइनको तारमा हत्तपत्त कसैले छुन सक्दैनन् । छोइहाले करेन्ट लाग्ने र बिजुलीले हुत्याएर टाढा पुग्ने डरले तर्किन्छन् ।

तर नुवाकोटका एक पुरुषले विद्युत प्रशारण लाइनको तारमा हिँडेर विद्युत प्राधिकरण र स्थानीयलाई हैरान पारेको भिडियो बाहिरिएको छ ।

आजब बिहानैदेखि विद्युत प्रशारण लाइनको टावरबाट तारमा पुगेका उनी ६ घण्टादेखि तारमा हिँडिरहेको स्थानीयको भनाई छ ।

बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक नाम गरेका ति युवक २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेको भिडियो अहिले भायरल बनिरहेको छ ।

परिवारसँग झगडा गरेर बिजुलीको तारमा हिँडेका ती युवक लाई फकाउँदा पनि नफकिएको बताइएको छ । भुइँमा मासु भात ल्याएर खान आउ भन्दा पनि उनी नर्ओलिएको स्थानीइ प्रहरीले जनाएको छ ।

मानसिक सन्तुलन गुमाएका उनलाई कैयौँ कोशिस गर्दा पनि नमानेको र अनेक उपायहरु लगाउने कोशिस गरिएको छ ।

विद्युत प्रशारण लाइनमा ति युवक पुगे लगत्तै विद्युत प्राधिकरणले माथिल्लो त्रिशुली थ्री ए को उत्पादन बन्द गरेर उनलाई तल झार्ने प्रयास गरेको बुझिएको छ ।

जनताको सेवामा समर्पित हुन नवनिर्वाचित जनप्रतिनिधिलाई मन्त्री भुसालको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय पहिचान संरक्षण र संवद्र्धन गर्दै जनताको सेवामा लाग्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–६ बाट नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिन आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “जनप्रतिनिधि शासक होइनन्, सेवक हुन्, जनताको आधारभूत आवश्यकता पूरा गर्न कर्तव्यनिष्ट हुनुहोला । आफ्नो कला, संस्कृति र पहिचानलाई संरक्षण गर्न विशेष ध्यान दिएर मात्र आधुनिक विकासमा अगाडि बढ्न सुझाव दिँदै मन्त्री भुसालले भन्नुभयो, “परम्परागत पहिचानलाई संवद्र्धन गरेर विकासका गतिविधि अगाडि बढाउनुपर्छ ।

उहाँले महालक्ष्मी नगरको आर्थिक विकासको आर्थिक विकासको आधार पर्यटन भएकाले त्यसका लागि वडादेखि नगरसम्म उपयुक्त कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य र शिक्षाजस्ता आधारभूत विषयलाई जनप्रतिनिधिले ध्यान दिनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भन्नुभयो, “सार्वजनिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउनुपर्छ, सुलभ स्वास्थ्य उपलब्ध गराउनुपर्छ । आफ्नो कार्यकाललाई जनताको सेवा गर्ने अवसरका रुपमा प्रयोग गर्नुपर्छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले स्थानीय जनप्रनिधिले जनताका आवश्यकतालाई पूर्ति गर्दै विकासका कार्यक्रम अगाडि बढाउन सल्लाह दिनुभयो ।
आफूले मन्त्रालय सम्हालेपछि भूमिको विषयमा देखिएका समस्या सम्बोधन गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “३०० स्थानीय तहका जनतालाई जग्गाधनी पूर्जा वितरण गर्ने योजना बनाएको छु ।

जनता समाजवादी पार्टीका नेता नवराज सुवेदीले नवनिर्वाचित सदस्यले जनताको आवश्यकतालाई पहिचान गरेर आफ्ना कार्यक्रमम कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नवनिर्वाचित वडाध्यक्ष धर्म महर्जनले आफूलाई जनताले अमूल्य मत दिएर निर्वाचित गराएकामा धन्यवाद व्यक्त गर्दै जनताका आवश्यकतालाई पूरा गर्न आफू निरन्तर लाग्ने विश्वास दिलाउनुभयो ।