मेरो विहे भएन भने पनि ‘म बच्चा चाहिँ पाउँछु होला’ : नायिका नम्रता सापकोटा

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

नायिका नम्रता सापकोटाले आफूलाई विहे नगरीकनै बच्चाको चाहना भएको बताउँदा उनी निधक्क थिइन् ।

केही समय अगाडी नायिका सापकोटाले आफ्नो स्वतन्त्र विचार राख्दै विहे नगरीपनि बच्चा बनाउँन छोरीहरुलाई अधिकार हुनुपर्ने कुरालाई अभिब्यक्त गर्ने क्रममा आफ्नो पनि इच्छा बताएकी थिइन् ।

विभिन्न सञ्चार माध्यममा विहे नगरीपनि बच्चा बनाउँन छोरीहरुलाई अधिकार हुनुपर्ने बताउँदै आएकी नायिका सापकोटाले यो फरक खालको विचार राख्दै उनले हरेक छोरीहरुलाई सवल र सक्षम बनाउँन मात्र हैन, आत्मास्वाभिमानको झंकार दिन खोजेकी छन् ।

भलै झट्ट सुन्दा केहीलाई नराम्रो लागेको होला । तर यो क्रान्तिको विगुल हो । नायिका सापकोटाले केही समय अगाडी एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा आफू सिंगल मदर बन्न चाहेको बताएकी थिइन् ।

उनले अहिले म विवाह चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु । दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला भनेपछि उनको यो अभिव्यकित सामाजिक संजाल र टिकटकमा निकै भाइरल बनेको थियो ।

विहे नै नगरीकन पनि बच्चा पाउन सकिने उनको भनाई छ । विहेभन्दा आफूलाई बच्चा पाउन मन लागेको उनले बताइन् । समयको परिवर्तनसँगै सिंगल मदरको ट्रेन्ड बढेको उल्लेख गर्दै नायिका सापकोटाले टेस्ट टुयुब बेबी बाट भ्रुण लिएर भएपनि बच्चा जन्माउनसक्ने विकल्प महिलाहरुमा रहेको सुझाइन् ।