सिथि नखः : ढुंगेधारा सरसफाइ

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

नेवार समुदायले आज सिथि नखः पर्व मनाइँदै छ । नेवाः सभ्यता र संस्कारअनुसार हरेक वर्ष जेठ शुक्ल षष्ठीका दिन यो पर्व मनाइन्छ ।

यो पर्वले जलस्रोत संरक्षणको महत्त्व र स्वच्छ पानीको आवश्यकतालाई उजागर गर्छ । सिथि नखः मनाउने क्रममा पाटन दरबार स्क्वायरमा नेवार समुदायका स्थानीय मिलेर ढुंगेधारा सफा गर्दै गरेको देखिएको छ ।

यस दिन टोलटोलमा रहेका पोखरी, इनार, ढुंगेधाराहरू सफा गर्ने गरिन्छ ।

थप तस्बिर हेर्नोस्–